आमरण अनशनरत सिलवालको जीवनरक्षाका लागि पत्राचार « Khabarhub

आमरण अनशनरत सिलवालको जीवनरक्षाका लागि पत्राचार


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले  आमरण अनशनमा रहेका दीपक सिलवालको अवस्थाबारे अनुगमन गरी जीवनरक्षाका लागि गृहमन्त्रालयलाई पत्राचार गरेको छ ।

प्रसव पीडामा परेका महिला र ज्यान जोखिममा रहेका ग्रामीण भेगका नागरिकको स्वास्थ्योपचार गर्न आपतकालीन हेली उद्धार गरी पाउँ भनी गत भदौ २१ गतेदेखि काठमाडौँको शान्ति बाटिकामा आमरण अनशनमा रहेका तेह्रथुमको फेदाप–५ का ४२ वर्षीय दीपक सिलवालको स्वास्थ्यावस्था सम्बन्धमा आयोगले अनुगमन गरी उक्त पत्राचार गरेको हो ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले सिलवालको जीवनरक्षाका लागि आजै गृहमन्त्रालयलाई पत्राचार गरेको जानकारी दिए।

पत्रमा भनिएको छ, ‘नुगमनका क्रममा निज सिलवालको स्वास्थ्यस्थिति कमजोर बन्दै गएको पाइएकाले निजको स्वास्थ्योपचारसहित जीवनरक्षाका लागि आयोगले आजै गृह मन्त्रालयका साथै जिल्ला प्रशासन कार्यालय, काठमाडौँ र प्रहरी परिसर भद्रकाली काठमाडौँलाई समेत तपसिलबमोजिम पत्राचार गरेको छ ।’

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ७ : ३५ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ