पक्राउ पुर्जी जारी भएपछि प्रसाईंले भने- हामीले बोल्नै नहुने, राणा शासन आएछ « Khabarhub

पक्राउ पुर्जी जारी भएपछि प्रसाईंले भने- हामीले बोल्नै नहुने, राणा शासन आएछ


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बीएन्डसी अस्पताल तथा मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओली र उनका प्रमुख सल्लाहकार विष्णु रिमालको दबाबमा आफूलाई पक्राउ पुर्जी जारी गरिएको बताएका छन् ।

विद्युतीय कसुरको अभियोगमा काठमाडौं जिल्ला अदालतले बुधबार पक्राउ पुर्जी जारी गरेपछि उनले यस्तो बताएका हुन् ।

‘संविधानविरोधी कार्यक्रम होइन, संविधान आफैं जलाइसकेको छ । मलाई छोराछोरीसहित सबै तपाईं जानुस् भनेका छन् म जान तयार छु’, उनले भनेका छन्, ‘सर्लाहीमा भोलि मेरो सर्लाहीमा कार्यक्रम थियो । केपी ओली र विष्णु रिमालको दबाबमा मलाई पक्राउ पुर्जी जारी गरिएको हो ।’

उनले आफूलाई छोराछोरी सबैले पुलिस लिन आए जानु भनेको बताए । ‘मलाई छोरीले तपाईंले उठाएको मुद्दा सर्वहारा वर्गको हो भनिन् । तपाईं मरेर जाँदा पनि पछि नहट्नु भनेकी छन् । म हाँसीहाँसी जान तयार छु’, उनले भने, ‘हामीले संविधानविरोधी गतिविधि गरेका छैनौँ । मैले कसैलाई व्यक्तिगत आक्षेप लगाएको छैन । हामीलाई इस्यु बनाएर अर्कालाई मुद्दा हाल्न लगाए । विद्युतीय कारोबारमा मुद्दा हालेका छन् । छोराछोरीले हाँसी हाँसी जानु भनेका छन् ।’

उनले आफू यसबारेमा केपी ओलीसँग कुम जोडेर कुरा गर्न तयार रहेको पनि बताए । ‘नागरिकको मुक्तिका लागि लडेको हो । यो देशका नागरिक जोगाउन लडेको हुँ । अब कस्तो खालको सहयोग गर्छन् नागरिकले हेरौँ’, उनले भने, ‘विद्युतीय अपराधमा मुद्दा हालेछन् । मेरो भोलिको कार्यक्रम मलाई गर्न दिनुस् । म आफैं साइबर ब्यूरोमा जान तयार छु । सर्लाहीको हरिवनमा हुने कार्यक्रम छेक्ने कोसिस भएको थियो । त्यसैलाई रोक्न पक्राउ पुर्जी जारी गरिएको हो ।’

उनले आफूलाई सहयोग गर्ने दुईजना युट्युबरलाई पनि पक्राउ पुर्जी जारी गरिएको बताए । आफ्नो आन्दोलनाई उचाईंमा लैजान योगदान दिएका युट्युबर प्रकाशरचन्द्र दाहाल र जीवन पाण्डेलाई पनि पक्राउ पुर्जी जारी भएको बताए ।

उनले अहिले प्रेस स्वतन्त्रता नरहेको बताउँदै अहिले राणाकालझैँ शासन रहेको पनि बताएका छन् । उनले जतिसुकै दिन भए पनि हिरासतमा बस्न तयार रहेको पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ७ : ३९ बजे

सामाजिक सञ्जालमा अशिष्‍टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने

नेपालगन्ज- नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत गरेन सरकारले

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन

बाढी प्रभावित नुवाकोटमा हैजाविरुद्धको खोप

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा