रास्वपाको पहिलो महाधिवेशन आगामी वैशाख अन्तिममा « Khabarhub

रास्वपाको पहिलो महाधिवेशन आगामी वैशाख अन्तिममा

केन्द्रीय समिति महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो महाधिवेशन आगामी वैशाखको अन्तिम साता गर्ने घोषणा गरेको छ ।

पार्टीको राष्ट्रिय भेला समापन समारोहमा रास्वपा सभापति रवि लामिछानले २०८२ साल वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने घोषणा गरे ।

उनले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक कमितिमा रुपान्तरण गरिएको घोषणासमेत गरे ।

लामिछानले जनताको कुरा सुन्न ‘महाकाली–मेची जनयात्रा अभियान’को पनि घोषणा गरेका छन् ।

राजनीतिक प्रतिवेदन पढेर सुनाउँदै लामिछानले संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरे ।

उनले प्रदेशसभा संरचना खारेज गर्दै स्थानीय तहका जनप्रतिनिधि सम्मिलित प्रदेश परिषद्लाई नै विधायकी अधिकार दिन सकिने उन्नत विकल्पबारे छलफल सुरु गरिने बताए ।

सातवटा प्रदेश कायम राख्दै स्थानीय पालिकाहरूको संख्या भने ५०० भन्दामुनि झारिने उनको प्रस्ताव छ ।

लामिछानले रास्वपाका नेताहरूमाथि झुटा मुद्दा र आरोप लगाउने काम भएको जिकिर गरे। आफूहरूलाई सबै दल मिलेर एक्लाउने काम भएकोसमेत दुखेसो उनले पोखे ।

 

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ७ : ४३ बजे

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ– चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जंगलस्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर र