लाखे नाचसहित समापन भयो ललितपुरको इन्द्रजात्रा « Khabarhub

लाखे नाचसहित समापन भयो ललितपुरको इन्द्रजात्रा


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुर महानगरपालिका–१ को सहयोगमा आयोजित इन्द्रजात्रा लाखे नाच नाचेर आज समापन भएको छ । ललितपुरमा हरेक वर्ष मनाइने इन्द्रजात्रा लाखे नाचसहित समापन भएको हो ।

असोज १ गते मङ्गलबार ललितपुरको वडा नं १ स्थित सङ्कटा मार्ग मन्दिर परिसरबाट खट जात्रासहित सुरु भएको इन्द्रजात्रा आज लाखेनाचसहित टोल परिक्रमा र पूजा आराधनागरी समापन गरिएको हो ।

आज लाखेनाचसहित सङ्कटा मार्ग मन्दिर परिसरबाट भैरव, गणेश र कुमारी देवतालाई खटमा राखी मुसिङ्गाल चोक, ग्याँस डिपो, लीलाघर, कुमारी मन्दिर, जनकपुर कलेज, नानिचा चोक, अमर शिशु, गणेशथान प्याराडाइज, मेनपावर सर्वाङ्ग हस्पिटल, बिगमार्ट, तिनखम्बा चोक, भजन मण्डल, मुसिङ्गाल चोक हुँदै मन्दिर परिसर परिक्रमा गरिएको छ ।

जात्रा सुरु भएको पहिलो दिन पनि सङ्कटा मार्ग मन्दिर परिसरबाट लाखेनाचसहित टोल परिक्रमा गरिएको थियो । विशेषगरी नेवार समुदायले मनाउने इन्द्रजात्रा गत वर्षदेखि ललितपुरमा आयोजना गर्दै आएको ललितपुर महानगरपालिका– १ का वडाध्यक्ष निर्मल तण्डुकारले बताए ।

उनले भने, “ऐतिहासिक इन्द्रजात्राको आयोजना गर्न पाउँदा खुसी छौँ । यो वर्षको इन्द्रजात्रा हर्षोल्लासको साथ मनाइयो । अर्को वर्ष अझै राम्रोसँग मनाउने अपेक्षा राखेका छौँ ।”

सहकालको देवताका रुपमा इन्द्रजात्रा बाह्रौँ शताब्दीदेखि मनाउँदै आएको किंवदन्ती छ वडाअध्यक्ष तण्डुकारका अनुसार ४० वर्षदेखि रोकिएको इन्द्रजात्रा गत वर्षदेखि ललितपुरमा मनाउन थालिएको हो ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ९ : ५८ बजे

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र

ग्रोकमाथि ईयूको अनुसन्धान

एजेन्सी– युरोपेली सङ्घ (ईयू) ले सोमबार एलन मस्कको स्वामित्वमा रहेको

वर्षमान पुन भन्छन्- जेन-जी आन्दोलन र विध्वंशको जिम्मेवार कांग्रेस–एमाले गठबन्धन र केपी ओली

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले

भारतीय राजदूतावासले मनायो ७७औँ गणतन्त्र दिवस

काठमाडौं- नेपालस्थित भारतीय समुदाय र भारतका मित्रहरूको सहभागितामा काठमाडौंस्थित भारतीय