संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : देउवा | Khabarhub Khabarhub

संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : देउवा


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हकअधिकार सुनिश्चित गरेको बताएका छन् ।

संविधान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले कांग्रेसको नेतृत्वमा जननिर्वाचित प्रतिनिधिद्वारा विसं २०७२ असोज ३ गते संविधानसभाबाट पारित भई घोषणा भएको नेपालको संविधान लामो र सङ्घर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन् ।

देउवाले संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

आजको यस घडीमा संविधानको सफलतासँगै देशको समुन्नतिलाई सुनिश्चित गर्ने सङ्कल्प जरूरी रहेको सभापति देउवाको भनाइ छ ।

उनले मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञातअज्ञात वीर शहीदको समर्पण र बलिदानको उच्च कदर गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

 

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ७ : ११ बजे

अरबिन्द सिंहले भने- २४ घण्टामै फेल भएको ओलीको प्रतिवेदन बोकेर जनतामा जान सकिँदैन

काठमाडौं— नेकपा (एमाले) का केन्द्रीय सदस्य अरबिन्द सिंहले पार्टीको १०औं

सुनापतिका ७७ परिवार पहिरोको जोखिममा

मन्थली– रामेछाप जिल्लाको सुनापति गाउँपालिकाका ७७ परिवार पहिरोको उच्च जोखिममा

राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तरव्यवस्थापिका सङ्घको १५१औँ महासभामा सहभागी

कन्काई पुलसहित १७ रुग्ण ठेक्का तोडिँदै

काठमाडौं– सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम

एमाले केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौं– नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु