संविधान संशोधनका नाममा राजनीतिक स्वार्थसँग सौदाबाजी गर्न पाइँदैन : रवि लामिछाने « Khabarhub

संविधान संशोधनका नाममा राजनीतिक स्वार्थसँग सौदाबाजी गर्न पाइँदैन : रवि लामिछाने


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान संशोधनका नाममा आफ्नो राजनीतिक स्वार्थसँग सौदाबाजी गर्न नपाइने बताएका छन् ।

संविधान दिवसका अवसरमा रास्वपाले बिहीबार काठमाडौंमा आयोजना गरेको संविधान मन्थन कार्यक्रमका बोल्दै लामिछानेले अहिलेको दुई दलीय सरकारले संविधान संशोधनको कुरा अघि सारेको अवस्थामा संविधानलाई आफ्नो राजनीतिक स्वार्थसँग सौदाबाजी गर्न नपाइने बताएका हुन् ।

दुईतिहाइको सरकारको प्रारम्भिक काममा आत्मबल नदेखिएको उनले बताए । उनले अहिलेको अवस्थामा चुनाव निकै खर्चिलो हुँदै गएकाले संविधान संशोधनमार्फत पूर्ण समानुपातिक संसद्को व्यवस्था गर्नुपर्ने धारणा राखे । पैसाको बलमा चुनाव जित्ने प्रवृत्तिले सदन पूर्ण रुपमा सक्रिय हुन नसकेको उनको भनाइ छ । 

लामिछानेले राष्ट्रियसभालाई बिद्धानहरुको सभा बनाउनुपर्नेमा त्यसो हुन नसकेको जिकिर गरे । संविधानको सबल पक्ष समावेशी र समावेशिता भएको भन्दै उनले यसलाई कुनै हालतमा कमजोर बनाउन नहुने बताए ।

उनले संविधानलाई पूर्ण रुपमा कार्यान्वयन गर्न नदिएका कारण समस्या देखिएको पनि बताए  । लामिछानेले शासकीय प्रणालीमा सुधार गरेरमात्रै नहुने भन्दै दलहरू सच्चिनुपर्ने र नेता छान्ने प्रणालीका विषयमा दलहरूले सबैभन्दा पहिला आफ्नो पार्टीको विधान परिमार्जन गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ५ : ३४ बजे

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा

श्रीपञ्चमी : मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कृषि नववर्ष उत्सवको तयारी

कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल

वसन्त श्रवणको साइत बिहान १० बजेपछि : हनुमानढोकामा राष्ट्रपति उपस्थित हुँदै

काठमाडौं – माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अवसरमा हनुमानढोका