‘खाद्यसुरक्षाको मौलिक हक कार्यान्वयनका लागि सुपथ मूल्य पसल’ « Khabarhub

‘खाद्यसुरक्षाको मौलिक हक कार्यान्वयनका लागि सुपथ मूल्य पसल’


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संविधानमा खाद्यसुरक्षा र सम्प्रभुता मौलिक हकका रुपमा राखिएकाले त्यसको कार्यान्वयनमा सरकार लागेको बताएका छन् ।

विजयादशमी, नेपाल संवत्, शुभ दीपावली र छठलगायत चाड पर्वका अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथलीस्थित प्राङ्गणमा सुरु भएको सुपथ मूल्य पसल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमा गरिएका व्यवस्था जति छिटो कार्यान्वयन गरियो, त्यति नै सुशासन हुने बताए। 

चाडपर्वका अवसरमा आजदेखि देशका ७४ स्थानमा सहुलियत पसल सुरु गरिएको मन्त्री भण्डारीले कार्यक्रममा जानकारी गराए । सरकारले संविधान दिवसकै अवसर पारेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

मन्त्रालयका वाणिज्य सचिव गोविन्दबहादुर कार्कीले सहुलियत पसलमा दैनिक जीवनमा आइपर्ने खाद्यान्न व्यवस्था गरिएको जानकारी दिए। उपभोक्ता अधिकारकर्मीद्वय ज्योति बानियाँ र माधव तिमल्सिनालगायतले बजारमा मूल्य, गुणस्तर र नापतौलमा समस्या देखिने गरेकाले कम्पनीले चलाएको सुपथ मूल्य पसलमा यस्तो समस्या नहुने भएकाले यसलाई सबै स्थानीय तहमा बिस्तार गरिनुपर्नेमा जोड दिएका थिए । 

सुपथ मूल्य पसल बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म नै खोलिनुपर्नेमा पनि उपभोक्ता अधिकारकर्मीको जोड थियो ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ७ : २८ बजे

‘ओली एमालेका ब्रान्ड हुन्, जबजको उत्तराधिकारी परिवारका सदस्य हुँदैनन्’

काठमाडौं- नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले अध्यक्ष केपी शर्मा‌

सञ्चारमन्त्रीको सम्पदायात्रा : अरनिको जन्मस्थलको प्रवर्धनमा जोड

ललितपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशको नाम उच्च

नेपालमा सातौँ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइने 

काठमाडौं-सातौँ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस नेपालमा मनाइने भएको छ । 

आईईएसएफ विश्व स्पोर्ट्स च्याम्पियनसिप खेल्ने नेपाली टिमको बिदाई

काठमाडौं–  नेपालले आईईएसएफ विश्व ईस्पोट्र्स च्याम्पियनसीप २०२५ मोबाइल लेजेन्ड् : ब्याङ

सम्पत्ति सिर्जना जसले गरे पनि त्यो राज्यकै हो : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मुलुकमा अपेक्षित आर्थिक वृद्धि हासिल गर्न