मधेस प्रदेशसभाको अर्थ तथा योजना समिति सभापतिका लागि निर्वाचन हुँदै | Khabarhub Khabarhub

मधेस प्रदेशसभाको अर्थ तथा योजना समिति सभापतिका लागि निर्वाचन हुँदै


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम-  मधेस प्रदेशसभा अन्तर्गतको अर्थ तथा योजना समितिको सभापति पदका लागि आज निर्वाचन हुँदै छ ।

मधेस प्रदेशसभा अन्तर्गत गठित विषयगत समितिहरूमध्ये अर्थ तथा योजना समितिमा रिक्त रहेको सभापति पदको निर्वाचन आज साँझ ६ बजे तोकिएको प्रदेशसभा सचिवालयले जनाएको छ । यस समितिका सभापति जनमत पार्टीका प्रदेशसभा सदस्य सतिशकुमार सिंह प्रदेशको मुख्यमन्त्री भएपछि पद रिक्त भएको थियो ।

प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४९ बमोजिम प्रदेशसभा सचिवालयले यस पदको निर्वाचन तालिकासमेत जारी गरेको छ ।

जसअनुसार, बिहान १० बजेदेखि ५ बजेसम्म समितिका सदस्यहरूबाट मनोनयन दर्ता गर्ने तालिका रहेको प्रदेशसभा सचिवालयका निमित्त सचिव विपिनकुमार ठाकुरले जानकारी दिए ।

अपराह्न साढे ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने र ६ बजे सभापति पदको निर्वाचन हुने ठाकुरले बताए । निर्वाचन प्रदेशसभाको अर्थ तथा योजना समितिको सभाकक्षमा हुने जनाइएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  १० : ५९ बजे

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता

पहिलो ओभरमै नेपालले गुमायो भुर्तेलको विकेट

काठमाडौं – स्कटल्याण्डविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले पहिलो ओभरमा नै