नर्सिङ काउन्सिलको तीन सदस्यमा आठ नर्सको उम्मेदवारी « Khabarhub

नर्सिङ काउन्सिलको तीन सदस्यमा आठ नर्सको उम्मेदवारी


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल नर्सिङ काउन्सिलको रिक्त तीन सदस्य पदका लागि यही भदौ २८ गते निर्वाचन हुनेभएको छ । यसका लागि काउन्सिलले देशका मुख्य १२ स्थानमा मतदान केन्द्र निर्धारण गरेको जनाएको छ ।

काउन्सिलका अनुसार कोशी अञ्चल अस्पताल (विराटनगर), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान सुनसरी), जनकपुर अञ्चल अस्पताल (जनकपुर), भरतपुर जिल्ला अस्पताल (चितवन) र नारायणी उपक्षेत्रीय अस्पताल (वीरगञ्ज)मा मतदान केन्द्र निर्धारण गरिएको छ ।

यसैगरी नेपाल नर्सिङ परिषद् (वाँसबारी काठमाडौँ), पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (पोखरा), मिसन अस्पताल (भुषनडाडा पाल्पा), लुम्बिनी अञ्चल अस्पताल (बुटवल), भेरी अञ्चल अस्पताल (बाँके नेपालगञ्ज), कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (जुम्ला) र सेती अञ्चल अस्पताल (धनगढी)मा पनि मतदान केन्द्र निर्धारण गरिएको काउन्सिलले जनाएको छ ।

तीन सदस्य पदका लागि सरला केसी, जीता बराल, मित्रकुमारी देवकोटा, डा तारा शाह, कृष्णकुमारी पौडेल, तुलसादेवी अधिकारी, सीता कार्की र रीना श्रेष्ठले उम्मेदवारी दिएका छन् । निर्वाचनमा नर्सिङ संघका सदस्यको मात्र मताधिकार हुने छ । संघमा हाल करिब १२ हजार सदस्य रहेको बताइएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ९ : ४५ बजे

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का