फिल्म ‘कल्ली’मा सौगातपछि भित्रिए अर्पण, बुद्धि र कमलमणि « Khabarhub

फिल्म ‘कल्ली’मा सौगातपछि भित्रिए अर्पण, बुद्धि र कमलमणि


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तिहारपछि छायांकन हुने फिल्म ‘कल्ली’ अहिले चर्चामा छ । शीर्ष भूमिकामा रहने भनिएका नायक पल शाहलाई निर्माण पक्षले निकालेपछि यसको चर्चा चुलिएको हो ।

फिल्म ‘रावायण’ प्रदर्शनको दौरान पल शाहको पुरानो विवाद ‘नाबालिका बलात्कार’को विषयले चर्चा पायो । सोही घटनासँग सम्बन्धित विभिन्न तर्कले फिल्मको व्यापार कम भएको भन्ने चर्चा फिल्मीवृतमा छ ।

अहिले पललाई फिल्ममा लिन मेकरहरु हच्किएको अवस्था छ । उनलाई लिन चाहने मेकरहरु अहिले पछि हटेको अवस्था छ । यसको उदाहरण हो– ‘कल्ली’।

कागजी सम्झौता भइसकेपछि पनि निर्माण पक्षले पललाई ‘कल्ली’बाट निकालेको हो । उनको स्थानमा नायक सौगात मल्ल भित्रिएका छन् ।

निर्माण पक्षले शुक्रबार थप तीन कलाकारलाई भित्र्याएको जानकारी दिएको छ । जानकारीअनुसार नायक अपर्ण थापा, कलाकार बुद्धि तामाङ र कमलमणि फिल्ममा भित्रिएका हुन् । उनीहरुले निर्माण पक्षसँग कागजी सम्झौता गरिसकेका छन् । उनीहरुको भूमिकाबारे भने खुलाएइएको छैन ।

रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको ब्यानरमा निर्माण हुने ‘कल्ली’का लेखक र निर्देशक लक्ष्मण सुनार हुन् । फिल्मको पटकथा र संवाद महेश दवाडीको रहनेछ ।

निर्माता किरण नेपालीको प्रस्तुति रहेको यो फिल्मको छायांकन तिहारपछि हुने जनाइएको छ । प्रदर्शन मिति भने आगामी चैत २९ गतेलाई तोकिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ४ : ०१ बजे

काठमाडौँमा सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन

आजको प्रतिनिधिसभा बैठक स्थगित : बुधबार दिउँसो १ बजे बस्ने

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सारिएको छ। सङ्घीय संसद सचिवालयका अनुसार

भदौ २३ र २४ मा आन्दोलन हुने खबर भ्रामक छ: रक्षा बम

काठमाडौँ – आगामी भदौ २३ र २४ गते सरकारविरुद्ध पुनः

मधेस प्रदेशमा गत वर्ष ८२१ उद्योग बन्द

जनकपुरधाम– आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२–८३ मा

अभ्यास खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौँ – एसिसी पुरुष प्रिमियर कपको तयारीका क्रममा नेपालले मलेसियाविरुद्ध