वैतेश्वर अस्पतालमा अत्याधुनिक डिजिटल एक्स-रे मेसिन जडान  « Khabarhub

वैतेश्वर अस्पतालमा अत्याधुनिक डिजिटल एक्स-रे मेसिन जडान 


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले सञ्चालन गरेको वैतेश्वर अस्पतालमा अत्याधुनिक डिजिटल एक्स-रे मेसिन जडान गरिएको छ ।

पालिकाले लामो समयको पहल पछि उक्त एक्स-रे मेसिनबाट सेवा सुरु गरेको वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले बताए ।

अस्पतालले अत्याधुनिक प्रविधिको डिजिटल एक्स-रे मेसिनबाट सेवा दिन सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य विभागमार्फ करोड बढी मूल्यको विपियल. एम.आर एडि नामक डिजिटल मेसिन शुक्रबारदेखि प्रयोगमा ल्याइएको अध्यक्ष लामाले बताए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका पालिका अध्यक्ष लामाले मन्त्रालयले उपलब्ध गराएको डिजिटल एक्स-रे मेसिनमा काठमाडौबाटै प्राविधिक ल्याएर प्रिन्टर र सफ्टवेयर जडान गरेर शुक्रबारदेखि सेवा सुरु गरिएको जानकारी दिए ।

उनले भने, ‘मेसिन आपूर्ति गर्न मन्त्रालयमा धाइरहेका थियौँ । पछिल्लो पटक सफल भयौँ।’ एक्स-रे मेसिन सञ्चालन गरेर पालिका बासी तथा जिल्लावासीलाई सहजरूपमा सर्वसुलभ स्वास्थ्य सेवा दिने व्यवस्था मिलाएको उनले बताए।

नयाँ एक्स-रे मेसिन सञ्चालनका पालिकाले अस्पतालमा दक्ष जनशक्तिको समेत व्यवस्थापन गरेको हुँदा प्रिन्टर र सफ्टवेयर अद्यावधिक गरेर सेवा सुरु गरिएको वैतेश्वर अस्पतालकी प्रमुख डाक्टर निरामिका पाठकले बताइन् । नयाँ मेसिनबाट बिरामीलाई छिटो र गुणस्तरीय एक्स-रे सेवा दिन सकिने डाक्टर पाठकको भनाइ रहेको छ।

‘यसअघि अस्पतालमा रहेको प्रोटेवल एक्स-रे मेसिन बिग्रन थालेपछि नयाँ मेसिन माग गरेका थियौँ’, उनले भनिन्, ‘अध्यक्ष ज्युले महिनौँसम्म पहल गरेर एक करोड बढी मूल्य बराबरको एक्स-रे उपकरण व्यवस्थापन गरिदिनु भएको हुँदा अब अस्पताल आउने बिरामीले गुणस्तरीय सेवा पाउनेछन् ।’

उनका अनुसार अब बिरामीले सहज रूपमा  मेरुदण्ड, पेल्भिक, ढाँड, खुट्टालगायतका ठूलो हड्डीको एक्स-रे गर्नका लागि अन्यत्र जानु नपर्ने बताइन्।

-सुबास बस्नेत

 

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ५ : ०० बजे

जलजलामा १८ ठाउँमा एकैपटक शवदाहस्थल निर्माण सुरु

म्याग्दी– जिल्ला सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्र

विमानस्थलमा जुलुस, प्रदर्शन, भेलाजस्ता कार्यक्रम गर्न नपाइने

काठमाडौं– काठमाडौं प्रशासनले अतिसंवेदनशील मानिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा जुलुस,

बंगलादेशमा बीएनपी दुईतिहाइतिर, तारिक रहमानको नेतृत्वमा नयाँ सरकार बन्ने पक्का

ढाका, बंगलादेश – सन् २०२४ को जनविद्रोहपछि भएको बंगलादेशको पहिलो

किसानलाई डिजिटल कृषि सेवा दिन एनसेल र सुपर कृषकको सहकार्य

काठमाडौ- देशभरका किसानहरूलाई डिजिटल र प्रिमियम कृषि सेवाहरू उपलब्ध गराउन एनसेल

लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन पार्टीको अभियानमा साथ दिन कांग्रेसको आग्रह

काठमाडौं– नेपाली कांग्रेसले सभापति गगनकुमार थापा नेतृत्वमा पार्टीले सङ्गठन सुदृढीकरण,