युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध « Khabarhub

युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युक्रेनले शुक्रबार रुसी मूलका पावेल दुरोभले स्थापना गरेको सामाजिक सञ्जाल राष्ट्रिय सुरक्षाका लागि खतरा रहेको भन्दै आफ्नो सरकार, सेना र सुरक्षा अधिकारीका लागि ‘टेलिग्राम’को प्रयोगमा प्रतिबन्ध लगाएको छ । 

युक्रेन र रुस दुवैमा सञ्चारको मुख्य स्रोतका रुपमा प्रयोग हुने सामाजिक सञ्जालमा व्यक्तिगत डाटा र सन्देशहरूमा रुसको पहुँच हुन सक्ने चेतावनी कियभले दिएको छ । 

‘राष्ट्रिय सुरक्षा र रक्षा परिषदले सरकारी विभाग, सैन्य संरचना र महत्वपूर्ण पूर्वाधार सुविधामा टेलिग्रामको प्रयोग प्रतिबन्धित गर्ने निर्णय गर्यो’, सुरक्षा परिषद्ले फेसबुकमा एक विज्ञप्तिमा भन्यो, ‘यो राष्ट्रिय सुरक्षाको कुरा हो।’ 

युक्रेनका अनुसन्धान प्रमुख किरिलो बुदानोभले टेलिग्राममार्फत मस्कोले प्रयोगकर्ताहरूको व्यक्तिगत डाटा सहित अन्य सूचना प्राप्त गर्नसक्ने आशंका व्यक्त गरे। 

एकजना उच्च पदस्थ सुरक्षा अधिकारीले यो प्रतिबन्ध आधिकारिक सञ्चारमा मात्र लागू हुने बताएका छन् । टेलिग्राम सजिलै ह्याक हुनसक्ने भएकाले रुसले सजिलै सूचना लिक गर्नसक्ने स्रोतले जनाएको छ ।  

टेलिग्रामका संस्थापक दुरोभलाई अवैध सामग्री प्रकाशित गरेको अभियोगमा गत महिना फ्रान्समा पक्राउ गरिएको थियो । 

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ७ : ११ बजे

जलवायु वित्तमा अनुदान र प्रत्यक्ष पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड

काठमाडौँ-  जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका

कांग्रेसको १५औँ महाधिवेशनको मतपरिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि जारी

सुदूरपश्चिम विश्वविद्यालयका पाँच सङ्कायमा डीन नियुक्त

महेन्द्रनगर- सुदूरपश्चिम विश्वविद्यालयले पाँच सङ्कायका डीनसहित विभिन्न पदमा पदाधिकारी नियुक्त गरेको

पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन

भोजपुर–  भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा ‘फेरी’ सेवा

नेपाल-भारत सम्बन्ध : ‘रिसेट’ होइन, ‘रिभिजिट’ को खाँचो छ

अहिले भूराजनीतिको चर्चा गर्दा मुख्यतया ‘इन्डो-सेन्ट्रिक’ (भारत केन्द्रित) र ‘साइनो-सेन्ट्रिक’