जापानमा बाढीपहिरोका कारण एक जनाको मृत्यु, सात बेपत्ता « Khabarhub

जापानमा बाढीपहिरोका कारण एक जनाको मृत्यु, सात बेपत्ता


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

टोकियो – जापानको भूकम्प प्रभावित क्षेत्र इशिकावामा भारी  वर्षाका कारण आएको बाढी र पहिरोमा परि शनिबार एक जनाको मृत्यु हुनुका साथै कम्तिमा सात जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् । 

सरकारले  विज्ञप्तिमार्फत घटनाको पुष्टि गरेको छ । बाढीका कारण वाजिमामा भूकम्प प्रभावित सडक मर्मत  गरिरहेका अन्य चार जना पनि बेपत्ता भएको भूमि मन्त्रालयका अधिकारी कोजी यामामोटोले बताए  ।

जापानको क्योडो समाचार एजेन्सीले वाजिमामा दश जना बेपत्ता भएको जनाएको छ । इशिकावा सरकारका अनुसार बाढीका कारण धेरै भवनहरू डुबानमा परेका छन् सडक अवरुद्ध छ भने करिब छ हजार घरहरू बिजुली विहीन भएका छन् 

प्रभावित क्षेत्रका केही मानिसहरू सञ्चार सेवाविहीन भएको अपरेटरहरूले बताएका छन् । बाढी पहिरोको खतराको बीच वजिमामासुजुका साथै नोटो सहरका  बासिन्दाहरूलाई घर छोडेर सुरक्षित स्थानमा जान आदेश दिएको अधिकारीहरूले बताएका छन् ।

इशिकावाको निगातायामागाता प्रान्तका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान आदेश दिएको विपद् व्यवस्थापन विभागले जनाएको छ ।

जापान मौसम विज्ञान विभाग (जेएमए) ले जीवन जोखिममा पार्ने सल्लाह दिँदै इशिकावाका लागि उच्च–स्तरको चेतावनी जारी गरेको  छ ।

प्रधानमन्त्री फुमियो किशिदाले सरकारलाई प्राथमिकताका साथ  जनताको जीवन बचाई विपद् व्यवस्थापन गर्न निर्देशन दिए। 

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ५ : ३७ बजे

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण