पाकिस्तानको रावलपिण्डीमा डेङ्गुको सङ्क्रमण बढ्दै | Khabarhub Khabarhub

पाकिस्तानको रावलपिण्डीमा डेङ्गुको सङ्क्रमण बढ्दै


५ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रावलपिण्डीमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । बिशेषगरी पोटोहार नगरको चक जलाल डिनलाई सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये एक रहेको अधिकारीहरूले जनाएका छन् । 

सङ्क्रमणको डरलाग्दो वृद्धिपछि स्वास्थ्य अधिकारीले चक जलाल डिनमा एउटा मोबाइल स्वास्थ्य इकाई स्थापना गरी भाइरसको फैलावट नियन्त्रण गर्न आकस्मिक सेवा सुरू गरेका छन् । 

पछिल्लो २४ घण्टामा ४४ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ भने यस क्षेत्रमा मात्र २२६ जनामा डेङ्गु को सङ्क्रमण पुष्टि भएको एक्सप्रेस ट्रिब्युनले जनाएको छ ।

जिल्ला स्वास्थ्य प्राधिकरणले डेङ्गुविरुद्ध अभियान चलाए पनि डेङ्गु सार्ने लामखुट्टेको सङ्क्रमण फैलिन नदिन गरिएका प्रयासहरू अपर्याप्त देखिन्छन् । जिल्लाभर डेङ्गुका सङ्क्रमितको सङ्ख्या ५४३ पुगेको छ भने डेङ्गुसङ्क्रमितको सङ्ख्या ९६ पुगेको छ । पोटोहार शहरमा पछिल्लो २० घण्टामा २५ जना नयाँ संक्रमित थपिएका छन् । 

यस क्षेत्रमा अन्य स्वास्थ्य समस्याहरू पनि चिन्ताको विषय बनेका छन्। यो क्षेत्रमा वर्षा ऋतुमा कङ्गो ज्वरोका दुई र औलोका ६५१ घटनाहरू रेकर्ड गरिएको छ भने जिल्लामा अहिलेसम्म मङ्कीपक्सको कुनै रिपोर्ट नआएको एक्सप्रेस ट्रिब्यूनले अधिकारीहरूलाई उद्धृत गरी समाचारमा उल्लेख गरेको छ । 

जिल्ला स्वास्थ्य प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत आसिफ अरबाब नियाजीले सरकारले सङ्क्रमण रोक्न पहल गरिरहेको तर नागरिक सतर्क रहन आवश्यक रहेको बताएका छन् । 

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ७ : ०९ बजे

कम्पनी साझेदारका रूपमा रवि लामिछाने पनि सहकारी ठग हुन् : शंकर पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगीमा संलग्न

पुलिसले जित्यो काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि

काठमाडौं – विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल

एलओडीमा आउँदै अमेरिकन र्‍यापर लिल पम्प

काठमाडौं – अमेरिकन चर्चित र्‍यापर ‘लिल पम्प’ नेपाल आउने भएका

मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानमा व्यवस्था

बालबालिकाका लागि रचनात्मक कार्यमा ध्यान दिन्छौँ चिरीबाबु महर्जन

ललितपुर – ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बालदिवसलाई लक्षित गरी