केही भूभागमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना | Khabarhub Khabarhub

केही भूभागमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।

महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कर्णाली प्रदेशका केही स्थान, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई ठाउँमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै, आज राति कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज सूर्योदय बिहान ५ बजेर ५२ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजे हुनेछ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ६ : २१ बजे

प्राधिकरणको महसुल विवादबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड तथा ट्रंक लाइनको महसुल विवाद

प्राधिकरणलाई सरकारको चेतावनी- मन्त्रिपरिषद्को निर्णय मान्दिनँ भन्न पाइँदैन

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्को निर्णय मान्दिनँ

उपनिर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र अधिकृत नियुक्त

काठमाडौं– निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका

मोटरसाइकल चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौ‌ं – काठमाडौंका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न ५ जनालाई

फ्लाइ ओभर निर्माणमा ढिलासुस्ती नगर्न मन्त्री दाहालको निर्देशन

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ललितपुरको ग्वार्कोमा