श्रीलंका राष्ट्रपति निर्वाचन : दिसानायक अगाडि, विक्रमासिङ्घे तेस्रो स्थानमा « Khabarhub

श्रीलंका राष्ट्रपति निर्वाचन : दिसानायक अगाडि, विक्रमासिङ्घे तेस्रो स्थानमा


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकामा शनिबार भएको राष्ट्रपति निर्वाचनको नतिजा  आउने क्रम सुरु भएको छ । अहिलेसम्म प्राप्त नजिता अनुसार जनाथा विमुक्ति पेरामुना पार्टीका अनुरा कुमारा दिसानायकले ५२ प्रतिशत मत प्राप्त गर्दै सबैभन्दा अगाडि रहेका छन् ।

त्यस्तै समागी जना बालावेगया पार्टीका साजिथ प्रेमादसाले २३.९ प्रतिशत मत प्राप्त गर्दा वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घेले १६.८ प्रतिशत मत पाउँदै तेस्रो स्थानमा रहेका छन् ।

सन् २०२२ मा भएको आन्दोलनका कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेपछि श्रीलंकामा शनिबार पहिलो पटक राष्ट्रपति निर्वाचन भएको हो ।

त्यसपछि रनिल विक्रमासिङ्घे श्रीलंकाको अन्तरिम राष्ट्रपति बनेका थिए । शनिबार देशभरका १३ हजार १३४ मतदान केन्द्रमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

पहिलो चरणमै निर्वाचित हुन कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । मतदान गर्दा मतदाताले उम्मेदवारलाई पहिलो दोस्रो र तेस्रो प्राथमिकतामा चयन गर्नुपर्ने हुन्छ । शुरुमा पहिलो प्राथमिकताको उम्मेदवारको मत गणना हुन्छ ।

सो गणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत प्राप्त नगरेमा पहिलो प्राथमिकतामा बढी मत ल्याउने दुई उम्मेदवारको मात्र दोस्रो प्राथमिकताको मत गणना गरिन्छ । तर पहिलो चरणमा बाहिरिएका उम्मेदवारले दोस्रो चरणको मत गणनामा कुनै शीर्ष दुई उम्मेदवार मध्ये एकलाई समर्थन गर्न चाहेमा उनले दोस्रो प्राथमिकतामा पाएको मत समर्थन प्राप्त उम्मेदवारको पक्षमा गणना हुने व्यवस्था रहेको छ ।

श्रीलंकामा राष्ट्रपतिको कार्यकाल ५ वर्षको हुने र बढीमा दुई कार्यकाल राष्ट्रपति बन्न सकिने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ८ : ५१ बजे

रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकमा राष्ट्रका नाममा सम्बोधन

नेपालले जलवायु परिवर्तनको क्षतिपूर्ति पाउनुपर्छ : जगदीश खरेल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले जलवायु परिवर्तनका कारण

रसुवा बाढीका बेपत्ताको पहिचानका लागि डीएनए नमुना संकलन (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी

ग्लोबल आइएमई बैंकद्वारा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई आर्थिक वर्ष २०८२-८३

भोटेकोशीको बाढी : २५ अर्बको बीमा दाबी, इन्जिनियरिङमा मात्रै २० अर्ब क्षति

काठमाडौँ – भदौ १० गते भोटेकोशी र त्रिशुली नदीमा आएको