चाडपर्वका लागि असोज १२ देखि बसको टिकट अग्रिम बुकिङ खुल्ने « Khabarhub

चाडपर्वका लागि असोज १२ देखि बसको टिकट अग्रिम बुकिङ खुल्ने


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आसन्न दसैँ-तिहारका लागि असोज १२ गतेदेखि बसको टिकटको अग्रिम बुकिङ खुलाइने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुलाउले निर्णय गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले व्यवसायीका मागबारे सात बुँदे निर्णय गरेको छ ।

बैठकले सडक विभागअन्तर्गतका सबै सडक घटस्थापनाअघि नै मर्मतसम्भार गर्न निर्देशन पनि दिएको छ ।

बीपी राजमार्ग सुरक्षाका लागि साना सवारी मात्रै सञ्चालन गर्न र रात्रि गाडी रोक्न गृह मन्त्रालय र नेपाल प्रहरीलाई अनुरोध गर्ने निर्णय पनि भएको छ।

विभागले उक्त कार्यको अनुगमन गरी यातायात मन्त्रालयलाई रिपोर्ट दिने निर्णय पनि भएको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यातायात मन्त्रालय र गृह मन्त्रालयमा छलफल भएको बताए । उनले अब एक-दुई दिनमा यातायात व्यवस्था विभागसँग बैठक गरेर अग्रिम टिकट खुलाइने बताए ।

सवारीसाधनको यान्त्रिक परीक्षण गरी गन्तव्यमा जान सहज व्यस्थापन गरिने पनि उनले बताए । वैज्ञानिक भाडा समायोजन तीन वर्षदेखि नभएकाले छठ पर्वपछि निर्णय भएको छ । 

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  १ : ४७ बजे

रास्वपा उम्मेदवार साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश

काठमाडौं- धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार

स्वच्छ तथा स्वस्थ वातावरणको हक सुनिश्चित गर्न आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले स्वच्छ र स्वस्थ वातावरणका सम्बन्धमा

दाबी : इरानका नयाँ सर्वोच्च नेता पनि गम्भीर घाइते, पुगेका छन् कोमा !

तेहरान– इरानका नयाँ सर्वोच्च नेता मोज्ताबा खामेनेईको स्वास्थ्य अवस्थाबारे गम्भीर

खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गरिने

काठमाडौं– नेपाल आयल निगमले उपभोक्तालाई अब खाना पकाउने ग्यास आधा सिलिन्डर

माइडियाले ल्यायो २ अत्याधुनिक एयर प्युरिफायर  

काठमाडौं– माइडियाले उच्च क्षमतायुक्त दुई आधुनिक एयर प्युरिफायरहरू केजे ५००जी-एफ११ र