इरानको कोइला खानी विस्फोटमा परी मृत्यु हुनेको संख्या ५१ पुग्यो « Khabarhub

इरानको कोइला खानी विस्फोटमा परी मृत्यु हुनेको संख्या ५१ पुग्यो


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानको पूर्वी क्षेत्रमा भएको कोइला खानी विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ५१ पुगेको इरानको सरकारी सञ्चारमाध्यमले आइतबार जानकारी दिएका छन् ।

‘ताबास खानीमा भएको विस्फोटमा परी मृत्यु हुने कामदारको सङ्ख्या ५१ पुगेको छ भने घाइतेको सङ्ख्या २० पुगेको छ,’ सरकारी समाचार संस्था इर्नाले जनाएको छ ।

यसअघि, पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको र २० जनाभन्दा बढीको अवस्था अज्ञात रहेको इरानी अधिकारीले बताएका थिए ।

इरानको रेड क्रिसेन्टले खानीमा खोजी तथा उद्धार कार्य जारी रहेको र त्यहाँ केही कामदार फसेको जनाएको छ। खानीमा ग्याँस जमेकाले खोजी कार्य कठिन भएको जनाइएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ४ : ३५ बजे

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको

एसियन गेम्सका लागि जापान जाने क्रिकेट टोलीको बिदाई

काठमाडौं- एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय

बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

काठमाडौं- नेपाल पत्रकार महासङ्घले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा परिवारलाई