इरानको कोइला खानी विस्फोटमा परी मृत्यु हुनेको संख्या ५१ पुग्यो « Khabarhub

इरानको कोइला खानी विस्फोटमा परी मृत्यु हुनेको संख्या ५१ पुग्यो


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानको पूर्वी क्षेत्रमा भएको कोइला खानी विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ५१ पुगेको इरानको सरकारी सञ्चारमाध्यमले आइतबार जानकारी दिएका छन् ।

‘ताबास खानीमा भएको विस्फोटमा परी मृत्यु हुने कामदारको सङ्ख्या ५१ पुगेको छ भने घाइतेको सङ्ख्या २० पुगेको छ,’ सरकारी समाचार संस्था इर्नाले जनाएको छ ।

यसअघि, पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको र २० जनाभन्दा बढीको अवस्था अज्ञात रहेको इरानी अधिकारीले बताएका थिए ।

इरानको रेड क्रिसेन्टले खानीमा खोजी तथा उद्धार कार्य जारी रहेको र त्यहाँ केही कामदार फसेको जनाएको छ। खानीमा ग्याँस जमेकाले खोजी कार्य कठिन भएको जनाइएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ४ : ३५ बजे

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित

काठमाडौं – अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित

ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

बेइजिङ-अबुधाबी सिधा उडान सुरु

बेइजिङ – चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (यूएई)