फिल्म ‘एक्टर : टेक वान’ : एक साथ प्रदीपकेन्द्रित ३ पोस्टर सार्वजनिक « Khabarhub

फिल्म ‘एक्टर : टेक वान’ : एक साथ प्रदीपकेन्द्रित ३ पोस्टर सार्वजनिक


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायक राजबल्लभ कोइरालाको कमब्याकका रुपमा चर्चा बटुलेको फिल्म ‘एक्टर : टेक वान’को तीन औपचारिक पोस्टर सार्वजनिक भएका छन् ।

निर्माण पक्षले आइतबार फिल्मका तीन शीर्ष कलाकार नायक प्रदीप खड्का, अभिनेतृद्वय आना शर्मा र दिव्या रायमाझी फिचर्ड पोस्टर सार्वजनिक गरेको हो ।

एक पोस्टरमा आना र दिव्याबीचमा प्रदीपलाई राखिएको छ । दुवै नायिकाले प्रदीपको कान तानिरहेको देख्न सकिन्छ ।

अरु दुई पोस्टरमा प्रदीप, आना र दिव्यासँग प्रेम भावमा प्रस्तुत भएका छन् । यसबाट फिल्ममा त्रिकोणात्मक प्रेम सम्बन्धको कथा रहेको अनुमान गर्न सकिन्छ ।

निर्माता थमनकुमार भण्डारीका अनुसार फिल्म प्रचारका लागि यिनै तीन पोस्टर प्रयोग हुनेछ । यी पोस्टर रोलय भिमसेन र उनको टीम ट्राइडेन्ट कन्सेप्टले तयार पारेको हो ।

कात्तिक १५ अर्थात् लक्ष्मी पूजाबाट प्रदर्शनमा आउने यस फिल्ममा प्रदीप, राजबल्लभ, आना, दिव्यासहित दिव्य देव, उषा रजक, सुशील सिटौलालागयतको अभिनय छ ।

अदृत फिल्मस् र मोती फिल्मस्‌को संयुक्त प्रस्तुति रहने यसका निर्देशक राज भुसाल हुन् । स्क्रिप्ट आकाश बराल र निर्देशक भुसालले लेखेका हुन् ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ५ : २६ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको