रास्वपा नेताको दाबी : प्रहरीले रविलाई पक्रने भनेको छैन « Khabarhub

रास्वपा नेताको दाबी : प्रहरीले रविलाई पक्रने भनेको छैन


६ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले आफ्ना सभापति रवि लामिछानेलाई प्रहरीले गिरफ्तार नगर्ने जानकारी दिएको दाबी गरेका छन् ।

रास्पवा केन्द्रीय कार्यालयमा छलफल रहेका एक नेताले आइतबार राति खबरहबसँग भने, ‘हामी अहिलेसम्म पार्टी कार्यालयमै छलफलमा छौं, तल कार्यकर्ता र पत्रकार साथीहरु हुनुहन्छ, प्रहरीले पक्राउ गर्ने आदेश आएको छैन भनेको छ ।’

गोर्खा मिडियाका सञ्चालकमध्येका पूर्वडीआइजी छविराज जोशीलाई आइतबार प्रहरीले जरुरी पक्राउ पूर्जीका आधारमा गिरफ्तार गरेर पोखरा लगेको छ । यससँगै रास्वपा नेताहरु पार्टी केन्द्रीय कार्यालयमा जम्मा भएर छलफलमा जुटेका हुन् ।’

कार्यालयमा प्रहरीको समेत उपस्थिति देखिए पनि रविलाई पक्राउ गर्ने योजना नरहेको प्रहरीले बताएको रास्वपाका एक केन्द्रीय सदस्यले खबरहबलाई बताए ।

प्रहरीले आइतबार पक्राउ गर्ने आदेश नआएको रास्वपा नेताहरुलाई जानकारी दिए पनि सूर्यदर्शन सहकारीको रकम अपचलनविरुद्ध रविविरुद्ध पूरक अभियोजन दर्ता गर्न गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइसकेको छ ।

यसैबीच, रास्वपा नेता विराजभक्त श्रेष्ठले सरकारबाट पञ्चायती शासकको जस्तो व्यवहार भएको बताएका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ९ : २२ बजे

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

तानसेन– पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को

दलहरू बलिया भए मात्र लोकतन्त्र सबल हुन्छ : महासचिव पोखरेल

देउखुरी– एमाले महासचिव शंकर पोखरेलले दलहरू बलिया भए मात्र लोकतन्त्र

पाटेबाघको आक्रमणबाट एक सातामा तीन जनाको मृत्यु

काँक्रेविहार– पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका गरी