शृङ्खला गुमाएको दक्षिण अफ्रिकाको अन्तिम खेलमा जित « Khabarhub

शृङ्खला गुमाएको दक्षिण अफ्रिकाको अन्तिम खेलमा जित


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लगातार दुई खेलमा पराजयको सामना गरेको दक्षिण अफ्रिकाले अफगानिस्तानसँगको तेस्रो एक दिवसीय खेलमा ७ विकेटको जित हात पारेको छ।

अफगानिस्तानले दिएको १७० रनको लक्ष्य ३३ ओभरमा ३ विकेटको क्षतिमा पुरा गरेको हो। दक्षिण अफ्रिकाका आइडम म्यामक्रकले अविजित रहँदै ५७ बलमा ६९ रनको योगदान गरे।

म्याक्रमको यो पछिल्लो १० पारीमा यो पहिलो अर्धशत्तक हो। ट्रिस्टयन स्टब्सले भने धिमा गतिमा खेल्दै ४२ बलमा २६ रन जोडे। अफगानिस्तानका फिर अहमदले कसिलो बलिङ गर्दै ७ ओभरमा १७ रन खर्चेर १ विकेट लिए।

टोनी डे जारीले ३१ बलमा २६ रन जोडे। टेम्बा बबमाले २२ रनको योगदान गरे। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १६९ रन जोडेको थियो। अघिल्ला दुवै खेलमा छाएका प्रारम्भिक ब्याट्सम्यान रहमानुला गुरबाजले ९४ बलमा ८९ रन जोडे। यसैगरी अलाह मोहम्मद गफान्जरले अविजित रहँदै १५ बलमा ३१ रन जोडे।

दक्षिण अफ्रिकाका आन्द्रे फुलेलकाओले ४ ओभरमा १६ रन खर्चेर दुई विकेट लिए। लुङ्गी एनगिडीले ६ ओभरमा २२ रन खर्चेर २ विकेट लिए।

एनकेबयोमजी पिटरले ५ ओभरमा २२ रन खर्चेर २ विकेट लिए। जोन फर्टुनले १० ओभरमा ४४ रन खर्चेर १ विकेट लिए। गुरबाज अन्तिम खेलका म्यान अफ द म्याच तथा म्याच अफ द सिरिज घोषित भए।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ६ : ५३ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात