शृङ्खला गुमाएको दक्षिण अफ्रिकाको अन्तिम खेलमा जित « Khabarhub

शृङ्खला गुमाएको दक्षिण अफ्रिकाको अन्तिम खेलमा जित


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लगातार दुई खेलमा पराजयको सामना गरेको दक्षिण अफ्रिकाले अफगानिस्तानसँगको तेस्रो एक दिवसीय खेलमा ७ विकेटको जित हात पारेको छ।

अफगानिस्तानले दिएको १७० रनको लक्ष्य ३३ ओभरमा ३ विकेटको क्षतिमा पुरा गरेको हो। दक्षिण अफ्रिकाका आइडम म्यामक्रकले अविजित रहँदै ५७ बलमा ६९ रनको योगदान गरे।

म्याक्रमको यो पछिल्लो १० पारीमा यो पहिलो अर्धशत्तक हो। ट्रिस्टयन स्टब्सले भने धिमा गतिमा खेल्दै ४२ बलमा २६ रन जोडे। अफगानिस्तानका फिर अहमदले कसिलो बलिङ गर्दै ७ ओभरमा १७ रन खर्चेर १ विकेट लिए।

टोनी डे जारीले ३१ बलमा २६ रन जोडे। टेम्बा बबमाले २२ रनको योगदान गरे। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १६९ रन जोडेको थियो। अघिल्ला दुवै खेलमा छाएका प्रारम्भिक ब्याट्सम्यान रहमानुला गुरबाजले ९४ बलमा ८९ रन जोडे। यसैगरी अलाह मोहम्मद गफान्जरले अविजित रहँदै १५ बलमा ३१ रन जोडे।

दक्षिण अफ्रिकाका आन्द्रे फुलेलकाओले ४ ओभरमा १६ रन खर्चेर दुई विकेट लिए। लुङ्गी एनगिडीले ६ ओभरमा २२ रन खर्चेर २ विकेट लिए।

एनकेबयोमजी पिटरले ५ ओभरमा २२ रन खर्चेर २ विकेट लिए। जोन फर्टुनले १० ओभरमा ४४ रन खर्चेर १ विकेट लिए। गुरबाज अन्तिम खेलका म्यान अफ द म्याच तथा म्याच अफ द सिरिज घोषित भए।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ६ : ५३ बजे

लगातार ८ वर्ष फ्लप र कान्ट्रोभर्सीपछि साम्राज्ञीले साइन गरिन् फिल्म

काठमाडौं – प्राइममा रहेका हिरो अनमोल केसीको नायिकाका रुपमा फिल्म

डलर साटिदिने भन्दै ठगी गरेको आरोपमा चारजना पक्राउ

काठमाडौं– डलर साटिदिने भनी प्रलोभनमा पारेर रकम लुटपाट गर्ने चार

लागूऔषधसहित दुईजना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले आज लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।  पर्साको

न्युयोर्क टाइम्स लेख्छ : मिसाइल संकट चुलिएपछि ट्रम्पले इरानमाथिको ठूलो आक्रमण रोके

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सेनासँग हवाई प्रतिरक्षा मिसाइलको