जापानमा भारी वर्षाका कारण छ जनाको मृत्यु, १० बेपत्ता « Khabarhub

जापानमा भारी वर्षाका कारण छ जनाको मृत्यु, १० बेपत्ता


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानको इशिकावा प्रान्तमा भारी वर्षाका कारण ६ जनाको मृत्यु हुनुका साथै १० जना बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूको उद्धार कार्य जारी रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन् । 

मृतक मध्येका दुई जना कामदार आइतबार एउटा सुरङनजिकै मृत फेला परेका थिए । स्थानीय प्रहरीलाई उद्धृत गर्दै राष्ट्रिय सञ्चारमाध्यम एनएचकेले शनिबार भग्नावशेषमुनि गाडिएका अन्य दुई जना महिलाको शव फेला परेको  जनाएको छ ।  

नदी क्षेत्र नजिकै उद्धार गरिएको एक व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ भने एउटा घर पहिरोमा डुब्दा थप एक जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ ।

अधिकारीहरूले अझै पनि केही व्यक्तिहरूको सुरक्षा पुष्टि नभएकाले बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेको एनएचकेले जनाएको छ । भारी वर्षाले शनिबारदेखि इशिकावामा सामान्य जनजीवन प्रभावित भएको छ भने यो क्षेत्र केही समयअघि मात्र ठूलो भूकम्पबाट प्रभावित भएको थियो ।  

जापानीको मौसम विभागले आइतबारदेखि इशिकावा प्रान्तका केही भागहरूका लागि भारी वर्षाको आपतकालीन चेतावनीलाई कम गर्दै सम्भावित बाढी र पहिरो विरुद्ध निरन्तर सतर्कता अपनाउन आह्वान गरेको छ ।

एनएचकेका अनुसार भारी वर्षाले निम्त्याएको पहिरोका कारण जापानका ११५ वटा गाउँलाई सिथिल पारेको छ भने आपूर्ति र पूर्वाधारमा लामो समयसम्म पर्ने प्रभावबारे चिन्ता बढ्दै गएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  १ : १३ बजे

निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो

काठमाडौं– नेपाल आयल निगमले भोटेकोशी नदीमा बाढी गएपछि खोज तथा

बाढीबारे थाहा नदिएको आरोपबारे चिनियाँ दूतावासको स्पष्टीकरण, ‘महत्त्वपूर्ण सूचना नेपाललाई समयमै दिएका छौं’

काठमाडौं– रसुवाको हिमाली क्षेत्रमा आएको पहिरो तथा बाढीको जोखिमबारे नेपाललाई

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत

भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन

काठमाडौं– रसुवा, नुवाकोटलगायत क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर