जापानमा भारी वर्षाका कारण छ जनाको मृत्यु, १० बेपत्ता | Khabarhub Khabarhub

जापानमा भारी वर्षाका कारण छ जनाको मृत्यु, १० बेपत्ता


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानको इशिकावा प्रान्तमा भारी वर्षाका कारण ६ जनाको मृत्यु हुनुका साथै १० जना बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूको उद्धार कार्य जारी रहेको जापानी सञ्चारमाध्यमले जनाएका छन् । 

मृतक मध्येका दुई जना कामदार आइतबार एउटा सुरङनजिकै मृत फेला परेका थिए । स्थानीय प्रहरीलाई उद्धृत गर्दै राष्ट्रिय सञ्चारमाध्यम एनएचकेले शनिबार भग्नावशेषमुनि गाडिएका अन्य दुई जना महिलाको शव फेला परेको  जनाएको छ ।  

नदी क्षेत्र नजिकै उद्धार गरिएको एक व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ भने एउटा घर पहिरोमा डुब्दा थप एक जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ ।

अधिकारीहरूले अझै पनि केही व्यक्तिहरूको सुरक्षा पुष्टि नभएकाले बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेको एनएचकेले जनाएको छ । भारी वर्षाले शनिबारदेखि इशिकावामा सामान्य जनजीवन प्रभावित भएको छ भने यो क्षेत्र केही समयअघि मात्र ठूलो भूकम्पबाट प्रभावित भएको थियो ।  

जापानीको मौसम विभागले आइतबारदेखि इशिकावा प्रान्तका केही भागहरूका लागि भारी वर्षाको आपतकालीन चेतावनीलाई कम गर्दै सम्भावित बाढी र पहिरो विरुद्ध निरन्तर सतर्कता अपनाउन आह्वान गरेको छ ।

एनएचकेका अनुसार भारी वर्षाले निम्त्याएको पहिरोका कारण जापानका ११५ वटा गाउँलाई सिथिल पारेको छ भने आपूर्ति र पूर्वाधारमा लामो समयसम्म पर्ने प्रभावबारे चिन्ता बढ्दै गएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  १ : १३ बजे

पूर्व प्रधानमन्त्रीलाई शरण दिएको विरोधमा पेरुद्वारा मेक्सिकोसँग कूटनीतिक सम्बन्ध विच्छेद

लिमा– पेरु सरकारका विदेशमन्त्री ह्युगो डे जेलाले सोमबार राजधानी लिमामा

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको २९ औँ वार्षिकोत्सवमा पुगे उर्जामन्त्री घिसिङ

काठमाडौं– उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा आयोजित वैकल्पिक उर्जा प्रवर्द्धन

देवघाटधाम गण्डकी परिक्रमा महोत्सव सुरु

चितवन– देवघाटधाम गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको छ । पवित्र

विशेष पत्रकार सम्मेलन गर्दै माओवादी उपमहासचिव जनार्दन शर्मा

काठमाडौं– नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को एकताप्रति असन्तुष्ट

तोलामा एक हजार ४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन