म्यान्मामा रोहिङ्ग्या शरणार्थीलाई जबरजस्ती सेनामा भर्ती  « Khabarhub

म्यान्मामा रोहिङ्ग्या शरणार्थीलाई जबरजस्ती सेनामा भर्ती 


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

एजेनसी सैयद गत महिना दोस्रो पटक म्यान्माबाट भाग्ने सयौँ रोहिङ्ग्या शरणार्थीमध्ये एक हुन्। 

सैयद (प्रतिशोधबाट बचाउनका लागि नाम परिवर्तन) उत्पीडनमा परेका राज्यविहीन मुस्लिम अल्पसङ्ख्यक हजारौं युवाहरूमध्ये एक हुन् । उनीहरूले सैयद र अन्य युवा रोहिङ्ग्याको हितका लागि नभई युद्ध लड्नका लागि बङ्गलादेशबाट बोलाई म्यान्माको सेनामा भर्ती गरेका थिए । तर त्यहाँ टिक्न नसकेपछि उनीहरू पुनः शरणार्थीकारूपमा बङ्गलादेश फर्किएका छन् । 

म्यान्मारको सेनामा उनीहरूको भर्तीले नागरिकविरुद्ध बदलाको आक्रमणलाई उत्प्रेरित गरेको छ र हजारौँलाई बङ्गलादेशमा धकेलेको छ, जहाँ पहिले नै लगभग १० लाख रोहिङ्ग्या शरणार्थीहरू छन्।

’उनी भागेर विगत सात वर्षदेखि घर बोलाइएका बङ्गलादेशी राहत शिविरमा फर्केलगत्तै सैयदले भने, म्यान्माका जनताले निकै सास्ती भोगिरहेका छन् । मैले आफ्नै आँखाले त्यो देखेको छु । 

‘कोही खानेकुराको अभावमा छन् त कतिको भोकमरीका कारण मृत्यु भइसकेको छ’, २३ वर्षीया उनले भने, ‘बाँकी सबै जना आफ्नो ज्यान बचाउने प्रयासमा व्यस्त छन्।’

सैयदले आफूलाई गत जुनमा शिविरमा कार्यरत रोहिङ्ग्या सशस्त्र समूहले भर्ती गरेको र म्यान्मारको जुन्टाविरुद्ध युद्ध गरिरहेको विद्रोही समूह अराकान सेनाविरुद्ध लड्न पठाइएको बताए। 

उनी र अन्य रोहिङ्ग्या भर्ती भएकाहरूलाई भरियाको रूपमा काम गर्न लगाइयो, खाडल खन्ने र म्यान्मारका सैनिकहरूका लागि पानी आसार्ने काममा लगाइएको थियो । 

सैयदले भने, ‘सेना प्रहरी चौकीमा बस्छ, उनीहरू बाहिर जाँदैनन्। उनीहरूले हामीलाई कुनै प्रशिक्षण पनि दिएनन् । हाम्रो काम सेनाका लागि पानी बोक्ने र वारूदी सुरूङ खन्ने थियो ।’

एक मुस्लिम गाउँमा गस्तीमा पठाइएका बेला सैयदले आफूलाई जबर्जस्ती सेनामा भर्ती गर्ने ‘अपहरणकारीहरू’लाई स्लिप दिएर र बङ्गलादेशमा फर्कन सफल भएको बताए। 

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायले बङ्गलादेश सरकारलाई दिएको तथ्याङ्कअनुसार सीमा नजिकको लडाइँ चर्किँदै गएपछि हालैका महिनाहरूमा सीमा पार गर्ने करिब १४ हजार रोहिङ्ग्याहरूमध्ये उनी पनि एक थिए। 

विज्ञहरूका अनुसार यस वर्ष बङ्गलादेशको शरणार्थी शिविरबाट कम्तीमा दुई हजार रोहिङ्ग्यालाई जबरजस्ती सेनामा भर्ना गरिएको छ भने म्यान्मामा रहेका अन्य धेरै रोहिङ्ग्यालाई पनि भर्ती गरिएको छ ।

बङ्गलादेशमा सेवामा खटिनेहरूले म्यान्माको जुन्टाले उनीहरूलाई आफ्नो मातृभूमि फर्कन दिने छुटको बदलामा सेनामा भर्ती हुन बाध्य पारेको बताएका छन्।

शिविरमा कार्यरत दुई सशस्त्र समूह अराकान रोहिङ्ग्या साल्भेसन आर्मी र रोहिङ्ग्या सोलिडारिटी अर्गनाइजेसन ९आएसओ० दुवैले उनीहरूलाई शरणार्थीका रूपमा मान्यता दिन अस्वीकार गर्दै आएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले म्यान्माको सेना र अराकान सेना दुवैले द्वन्द्वका बेला रोहिङ्ग्या समुदायमाथि गम्भीर दुर्ब्यवहार गरेको जानकारी आफूसँग रहेको जनाएको छ ।

अन्य अधिकारवादी समूहहरूले म्यान्माका सेनासँगै रोहिङ्ग्याहरूलाई सेवामा खटाइएकाले अराकान सेनाले जवाफी आक्रमणलाई बढावा दिएको बताएका छन्।

गत महिना फोर्टिफाई राइट्सले विद्रोही समूहले सीमामा ड्रोन र मोर्टार बमबारीमा १०० भन्दा बढी रोहिङ्ग्या पुरुष, महिला र बालबालिकाको हत्या गरेको बताएको थियो । 

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ३ : ४४ बजे

ईश्वर पोखरेलका एजेन्डा : विद्या भण्डारीलाई एमालेमा फर्काउने, ७० वर्षे र दुई कार्यकाल ब्यूँत्याउने

काठमाडौं-  नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने गरी

‘भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्न सरकारको ध्यान केन्द्रित’

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनका साथै मुलुकमा भ्रष्टाचारको अन्त्य गर्दै

एमालेले आफूलाई परिवर्तन नगरे कम्युनिस्ट आन्दोलन संकटमा पर्छ : ईश्वर पोखरेल (दस्तावेजसहित)

काठमाडौं-  नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने गरी

सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु

एजेन्सी– सुडानको दक्षिण कोर्डोफान राज्यको कालोगी क्षेत्रमा बिहीबार भएको आक्रमणमा

यस्तो छ ईश्वर पोखरेलले तयार पारेको ४० पेज लामो दस्तावेज 

काठमाडौं– एघारौँ महाधिवेशनमा आफ्ना माग र मुद्दाहरू सम्बोधन गर्नुपर्ने भन्दै