पाकिस्तानको हिन्दु मन्दिरमा तोडफोड र झडप « Khabarhub

पाकिस्तानको हिन्दु मन्दिरमा तोडफोड र झडप


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा एउटा हिन्दु मन्दिरमा झडप र तोडफोडको घटना सार्वजनिक भएको छ । पाकिस्तानको हैदरबादस्थित रामापिर मन्दिरमा झडप र तोडफोडको घटना सार्वजनिक भएको हो ।

पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनका अनुसार घटनामा ४ जना घाइते भएका थिए । प्रहरीले घटनामा संलग्नलाई पक्राउ नगरेको भन्दै स्थानीय हिन्दु समुदाय विरोधमा उत्रेका छन् ।

हिन्दु समुदायले हैदराबाद प्रेस क्लब र प्रहरी कार्यालयमा प्रदर्शन गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । प्रहरीले भने घटनामा संलग्न भएको आरोपमा ११ जनाविरुद्ध उजुरी दर्ता भएको र आवश्यक कारवाही प्रक्रिया अघि बढेको जनाएको छ । 

समाचारका अनुसार मन्दिरमा धार्मिक अनुष्ठान चल्दै गर्दा झडप भएको थियो । पछि गैर हिन्दु समुदायका मानिस मन्दिरभित्र प्रवेश गरी जथाभावी गोली प्रहार गरेका थिए ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ६ : २३ बजे

बाढीपहिरोका कारण अवरुद्ध पाँच राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिदको बाटो खुल्यो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि

नेपाल बारले भन्यो : अध्यादेशमा न्यायपालिकालाई कार्यपालिकाको छायामा मनसाय देखियो

काठमाडौं- नेपाल बार एसोसिएसनले आफ्ना सल्लाहकारसँगको छलफलपछि न्यायपालिकालाई कार्यपालिकाको छायामा

प्रधानन्यायाधीश सिफारिसविरूद्धको रिट दर्ता गर्न सर्वोच्चको अस्वीकार

काठमाडौं – संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार

साताका समाचार : सुकुम्वासीलाई नहटाउन सर्वोच्चको आदेश, प्रधान्यायाधीशमा डा. शर्मा र दर्जन ट्रेड युनियन खारेज

काठमाडौं- डोजर चलेपछि बस्ती नहटाउन सर्वोच्चको आदेश वालेन्द्र शाह नेतृत्वको