ओस्करमा ‘लापत्ता लेडिज’ले भारतको प्रतिनिधित्व गर्ने | Khabarhub Khabarhub

ओस्करमा ‘लापत्ता लेडिज’ले भारतको प्रतिनिधित्व गर्ने


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०२५ को ओस्कार अवार्डका लागि फिल्म ‘लापत्ता लेडिज’ले  भारतको प्रतिनिधित्व गर्ने भएको छ ।

फिल्म फेडेरेसन अफ इन्डयाले सोमबार २९ फिल्मको सूचीबाट ‘लापत्ता लेडिज’ ओस्करका लागि पठाउने निर्णय सार्वजनिक गरेको हो ।

किरण रावको निर्देशन रहेको यो फिल्म गत मार्चमा प्रदर्शनमा आएको थियो । भारु ५ करोडको लगानीमा बनेको यो फिल्मले समालोचक र दर्शक सकारात्मक प्रतिक्रिया पाएको थियो ।

फिल्मको ब्यापार भने मध्यम थियो । भारतीय मिडियाहरूकाअनुसार यस फिल्मले घरेलु र विदेशसमा २५ करोड भारु व्यापार गरेको छ ।

सोसल कमेडी ड्रामामा आधारित यस फिल्मले समाजमा महिलाको पहिचानको मुद्दा उठान गरेको छ ।

भारतीय मिडियाका अनुसार ‘एनिमल’, ‘अत्तम’ जस्ता फिल्मलाईपछि पार्दै ‘लापत्ता लेडिज’ ओस्कारका लागि चयन भएको हो ।

यस फिल्ममा नितांशी गोयल, प्रतिभा रत्न, स्पर्श श्रीवास्तव, छाया कदम, रवि किशन लगायतको अभिनय छ ।

लापत्ता लेडिज’को निर्माता अमिर खान हुन् । उनी निर्माता रहेको तीन फिल्म ‘लगान’, ‘तारे जमिन पर’ र ‘पिप्ली लाइभ’ यसअघि भारतको प्रतिनिधित्व गरेरे ओस्करमा पठाइएको थियो । उनका तीनै फिल्म ओस्कर अवार्ड जित्न असफल रहे ।

अमिर खानले चौथो पटक पनि अवसर पाएका छन् । तर, यस फिल्ममा भने उनको अभिनय छैन ।अब ‘लापत्ता लेडिज’ को ओस्कारको यात्रा कहाँसम्म पुग्छ ? भारतीय फिल्मप्रेमीका लागि चासोको विषय बनेको छ ।

रवि किशनले भने ‘जीवनको ठूलो क्षण’

फिल्मका अभिनेता रवि किशनले ‘लापत्ता लेडिज’ ओस्कारका लागि चयन भएको खुसी व्यक्त गरेको छन् । उनले यो घटना आफ्नो जीवनको विशेषमध्येको एक भएको बताए ।

उनले भारतीय मिडिया आजतकसँगको अन्तर्वार्तामा भनेका छन्, ‘मेरो लागि यो सपना साकार भएको क्षण हो । यो सबैभन्दा ठूलो सम्मान हो । मैले कहिल्यै सोचेकी थिइनँ । यो मेरो जीवनको सबैभन्दा राम्रो र सबैभन्दा ठूलो खबर हो ।’

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ६ : ४२ बजे

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय