संविधान संशोधनअघि प्रक्रिया र मुद्दाहरूमा सहमति खोजौँ : सुरेन्द्र पाण्डे « Khabarhub

संविधान संशोधनअघि प्रक्रिया र मुद्दाहरूमा सहमति खोजौँ : सुरेन्द्र पाण्डे


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले संविधान संशोधनको प्रक्रिया र मुद्दाहरूमा सहमति गर्नुपर्नेमा जोड दिएका छन् ।

संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च (आइएसएसआर)को संयुक्त आयोजनामा सोमबार आयोजित ‘संविधान कार्यान्वयन : अपेक्षा र वास्तविकता’ विषयक अन्तक्रिया कार्यक्रम सम्बोधन गर्दै पाण्डेले यस्तो बताएका हुन् ।

‘संविधानलाई अपरिवर्तनीय मानेकै छैनौं । यसलाई चेन्ज गर्नुपर्ने ठाउँहरू हेरौँ,’ उनले भने, ‘संविधान संशोधनका लागि प्रोसेसमा पनि सहमति गरौँ, इस्युजमा पनि सहमति गरौँ ।’

एमाले नेता पाण्डेले दोस्रो संविधानसभाबाट संविधान जारी नभएको अवस्थाबारे सम्झिन पनि सुझाए ।

‘झगडाबीचमा बनाएको होइन र हामीले ? केहीले बहिस्कार गर्दा गर्दै पास गरेको होइन ? यत्तिको नजान्ने मान्छे छौँ ? यसमा त्रुटि होला, कमजोरी होला । तर, देशले एउटा संविधान जारी गर्नुपर्‍यो,’ उनले भने, ‘दुई–दुईचोटि संविधानसभा विघटन हुने अवस्था आयो । त्यसले पनि नबनाएको भए हुन्थ्यो ? त्यसकारण संविधान बनाउँदै जाऔँ भनेर बनायौँ । यो संविधान दुई–दुई पटक संशोधन नै भइसक्यो नि ।’

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ६ : ३९ बजे

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६ अगष्ट

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर