एअर इण्डियाले अस्ट्रेलियाको ब्रिसबेनमा हवाइ सेवा विस्तार गर्ने « Khabarhub

एअर इण्डियाले अस्ट्रेलियाको ब्रिसबेनमा हवाइ सेवा विस्तार गर्ने


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय ध्वजावाहक हवाइ सेवा कम्पनी एअर इण्डियाका प्रमुख कार्यकारीले अस्ट्रेलियाको ब्रिसबेनमा आफ्नो सेवा विस्तार गर्ने बताएका छन् ।

ब्रिसबेनमा आयोजित हवाइ उद्योगका प्रतिनिधिको सम्मेलनका क्रममा एअर इण्डियाका प्रमुख कार्यकारी अधिकृत क्याम्पबेल विलसनले आफ्नो कम्पनी चाँडै नै विश्वस्तरीय हुने दाबी गरे ।

दुई वर्षअघि निजीकरण भएसँगै एअर इण्डियाले कीर्तिमानी ४ सय ७० वटा नयाँ जहाज खरिद गर्ने तयारी गरेको छ ।

ब्रिसबेनमा एअर इण्डियाको हवाइ सेवा विस्तार ती जहाजको आपूर्ति हुने समयले निर्धारण गर्ने द अस्ट्रेलिया टुडेले जनाएको छ । पछिल्लो समय कम्पनीले दिने सेवा र सेवाग्राहीको अनुभवलाई पनि परिष्कृत गर्दै लगेको क्याम्पबेलको भनाइ छ ।

हाल भारत र ब्रिसबेनबीच प्रत्यक्ष हवाइ सम्पर्क छैन । तर, एअर इण्डियाले ब्रिसबेनमा उडान विस्तार गरे त्यहाँको पर्यटन क्षेत्रमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

क्विन्सल्याण्डका पर्यटनमन्त्री माइकल हेलेले भारत राज्यको आठौँ ठूलो पर्यटन बजार रहेको जानकारी दिँदै भारतमा मध्यमवर्गको विस्तारसँगै भारतीय पर्यटकको आगमनमा पनि वृद्धि हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ९ : ३९ बजे

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर

निफमा ‘रसियन फिल्म डेज’ हुने, यी चार फिल्म स्क्रिनिङ हुँदै

काठमाडौं – चैत १९ देखि २३ सम्म हुन लागेको नवौं