बंगलादेशमा धार्मिक र साम्प्रदायिक अल्पसङ्ख्यकमाथि आक्रमण जारी « Khabarhub

बंगलादेशमा धार्मिक र साम्प्रदायिक अल्पसङ्ख्यकमाथि आक्रमण जारी


७ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत अगस्टको पहिलो साता सत्ता परिवर्तन भएसँगै बंगलादेशमा धार्मिक एवम् साम्प्रदायिक अल्पसङ्ख्यकमाथि आक्रमणका घटना बढ्दै गएको छ ।

प्रधानमन्त्री शेख हसिनाले देश छाडेसँगै बंगलादेशमा हिन्दू धर्मावलम्बीविरुद्ध हिंसात्मक घटनामा वृद्धि भएको थियो । अहिले भने यस्ता आक्रमणको निशानामा इस्लाम धर्मअन्र्तगत सुफी सम्प्रदाय परेका छन् ।

पछिल्लो समय सुफी सम्प्रदायका मुसलमानले आस्था राख्ने मठ र मजारमा धार्मिक अतिवादीले आक्रमण गर्न थालेका छन् ।

हालै बंगलादेशको सिलेटमा रहेको हजरत शाह परान मठमा तोडफोड भएको घटना बाहिरिएको छ । मठमा सुफी धर्मगुरु हजरत शाह परानको जयन्तीका अवसरमा आयोजित कार्यक्रममा अतिवादीले तोडफोड गरेका हुन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार १४ औँ शताब्दीका सुफी धर्मगुरु परानले सिलेट कब्जा गर्न आफ्ना मामा शाह जलालसँगै युद्धमा सहभागी भएको इतिहास छ । यस आक्रमणसँगै श्रद्धालुहरु भयभित भएका छन् । धार्मिक अतिवादीले सुफी मठ र मजारलाई गैर इस्लामिक मान्ने गरेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  १० : ४२ बजे

ड्रोनबाट यस्तो देखियो टियू मैदानमा नेपाल र युएइबीचको खेल (तस्बिरहरू)

काठमाडौं– नेपाल र यूएईबीच ऐतिहासिक ‘अन्डर लाइट्स’ टी–२०आई सिरिजअन्तर्गत आज

राजदूतहरूद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं– विभिन्न मुलुकका नवनियुक्त राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आआफ्नो ओहोदाको

स्थापनाको ४०औँ वर्षमा पशुपति क्षेत्र विकास कोष

काठमाडौं– पशुपति क्षेत्रको बृहत्तर विकासका लागि स्थापित पशुपति क्षेत्र विकास

थापाद्वारा लिखित ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचित

काठमाडौं– मथुरा थापाद्वारा लिखित ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन गरिएको छ

अमेरिकी टोली पुग्नुअघि पाकिस्तानमा ६ अमेरिकी सैन्य विमान अवतरण

इस्लामावाद- अमेरिकी प्रतिनिधिमण्डलको भ्रमणअघि पाकिस्तानमा गतिविधि तीव्र बनेको छ। रावलपिन्डीस्थित