एन्फा महिला लिगमा आज दुई खेल हुँदै « Khabarhub

एन्फा महिला लिगमा आज दुई खेल हुँदै


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एन्फा महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् । आज विभागीय टोली त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिका तथा संकटा क्लब र बागमती युवा क्लबबीच खेल हुनेछ ।

आज पहिलो खेलमा आर्मी र वालिङबीच प्रतिस्पर्धा हुनेछ । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो साढे १२ बजे सुरु हुनेछ ।

लिगमा आर्मी सात खेलबाट १६ अंकसहित दोस्रो स्थानमा रहेको छ । आर्मीले दोस्रो चरणको यात्रा सुनिश्चित गरिसकेको छ भने १२ अंकसहित चौथो स्थानमा रहेको वालिङ शीर्ष पाँचमा स्थान सुरक्षित गर्ने योजनामा छ ।

यस्तै, संकटा क्लब र बागमती युवा क्लबबीचको खेल सोही मैदानमा दिउँसो साढे ३ बजे सुरु हुनेछ ।

जारी लिगमा संकटाको आठ र बागमतीको सात अंक छ । दुवै टोली शीर्ष पाँचमा भित्रिने योजनामा छन् । लिगका पाँच टोली दोस्रो चरणमा जानेछन् । दोस्रो चरणमा पाँच टोलीबीच डबल राउन्ड रोबिन लिग हुनेछ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ८ : ४२ बजे

बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा

नेपालगञ्ज– किसानलाई आवश्यक पर्ने रासायनिक मल बाँकेमा मौज्दात रहे पनि वितरण

सशस्त्रले नियन्त्रणमा लिएका ७७९ विद्युतीय गाडीबारे सरकारले बनायो छानबिन समिति

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट

सगरमाथा क्षेत्रमा एक सातापछि जीवितै भेटिएका शेर्पाको स्वास्थ्यमा सुधार 

काठमाडौं– सगरमाथा आधार शिविरमा बेपत्ता भएर एक सातापछि जीवितै उद्धार

सुधन गुरुङबारे छानबिन समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन 

काठमाडौं – तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन

नेपालमा सुरु भयो उबरको सेवा (तस्बिरहरू)

काठमाडौं– विश्वव्यापी राइड सेयरिङ एप उबरले आजदेखि नेपालमा आफ्नो आधिकारिक