दुई महिनामा ६ अर्बभन्दा बढीका स्मार्टफोन भित्रिए  « Khabarhub

दुई महिनामा ६ अर्बभन्दा बढीका स्मार्टफोन भित्रिए 


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो दुई महिनामा ६ अर्ब भन्दा बढीको स्मार्ट फोन नेपाल भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन र भदौ मात्रै ६ अर्ब ७० करोड ८१ लाख ५८ हजार रुपैयाँ बराबरको मोबाइल नेपाल भित्रिएका हुन् । 

नेपालले दुई महिनाको अवधिमा विदेशबाट ४ लाख ५४ हजार ९ सय ५८ थान मोबाइल नेपाल आएको तथ्यांकले देखाएको छ । केही समयअधिसम्म सुनसान बनेको मोबाइल व्यवसय अहिले भने चलायमान बन्दै गएको छ । 

यस्ता स्मार्टफोनहरू नेपालमा अस्ट्रेलिया, बंगलादेश, जापान, भारत ,चीन बेल्पिजयम, अमेरिका मेनमार्क, फिनल्याड, जर्मनी, मलेसिया ओमन बतार लगायतका विभिन्न देशहरूबाट आयात हुने गर्दछन् । नेपालमा सबैभन्दा बढी फोन भारत र चीनबाट आयात हुने गर्दछ ।

 साउन र भदौमा मात्रै चीनबाट मात्रै ४ अर्ब ६ करोड ७२ लाख बराबरका ३ लाख १८ हजार ९ सय ३ वटा स्मार्ट फोन नेपाल भित्रिएका छन् । यस्तै भारतबाट २ अर्ब ५५ करोड ३५ लाख ९९ हजार मूल्य बराबरका १ लाख ३५ हजार ७६ वटा स्मार्ट फोन आयात भएका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  १२ : ३३ बजे

भोटेकोशी बाढी: पाँच हजार ३८४ को उपचार, अझै पाँच हजार ८३ जना सम्पर्कविहीन

काठमाडौँ – भोटेकोशीमा आएको भीषण बाढीका प्रभावितमध्ये हालसम्म ५ हजार

बिपी राजमार्गमा ग्यास बुलेट र ठूला गाडीलाई सुरक्षाकर्मीको निगरानीमा छाडिने

काभ्रे– केही दिनअघिको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ १९ गते शुक्रबार सन् २०२६