चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई लागू गर्न निर्देशन « Khabarhub

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई लागू गर्न निर्देशन


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आज सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखलाई उनले यस्तो निर्देशन दिएका हुन्। 

निमित्त प्रहरी महानिरीक्षक राईले आपराधिक क्रियाकलाप हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन, त्यस्ता गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न पनि निर्देशन दिए। उनले चाडपर्वको समयमा सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकार भएका सबै पक्षसँग समन्वय र सहकार्य गर्न आग्रह गरे।

‘चाडपर्व लक्षित चेतनामूलक कार्यक्रम सञ्चालन गर्न र आ–आफ्नो क्षेत्रमा तस्करी नियन्त्रणका लागि थप सक्रिय भई काम गर्नुस् । नागरिक सेवा चुस्त बनाउँदै प्रहरीप्रति  थप भरोसा र विश्वास बढाउने गरी केन्द्रित हुन आवश्यक छ’ उनले भने ।  

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशीले अपराध नियन्त्रण एवम् प्रभावकारी सुरक्षा व्यवस्थाको लागि गर्नुपर्ने कार्यलगायत समसामयिक विषयमा निर्देशन दिएका थिए ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ६ : ५६ बजे

भारतको कूटनीतिक परीक्षणमा रविको उदय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पाँचदिने

भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो

चितवन– यहाँस्थित कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका

ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न पत्रकारहरूको अध्ययन भ्रमण

गण्डकी– गण्डकी प्रदेशका ओझेलमा परेका तथा कम प्रचारप्रसार भएका पर्यटकीय

लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर

मध्यविन्दु– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१४ प्रगतिनगरमा