विकासका लागि राजनीतिक स्थिरता आवश्यक : उपप्रधानमन्त्री सिंह | Khabarhub Khabarhub

विकासका लागि राजनीतिक स्थिरता आवश्यक : उपप्रधानमन्त्री सिंह


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको सबै क्षेत्रको विकास, गतिशीलता र स्थिरताका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन् ।

भक्तपुरमा आजदेखि सुरु भएको ‘भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’को उद्‌घाटन गर्दै उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थिरताका लागि नै नेपाली कांग्रेस र नेकपा (एमाले)सहितको गठबन्धनको सरकार बनेको बताए। 

कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उनले भने, ‘गत निर्वाचनको परिणामले नौ-नौ महिनामा सरकार परिवर्तन हुँदा जनतामा निराशा छायो, जनताले निराश अभिव्यक्ति र भाष्य दिन थाले । त्यसैले राजनीतिक स्थिरता कायम गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन तथा राजनीतिक स्थिरता र स्थायित्व ल्याउन  कांग्रेस र एमालेको सरकार बनेको हो ।’

अहिलेको सरकारले जनताको पक्षमा काम गर्न थालेको, संसद्मा अड्किएर रहेका विधेयक पास हुन थालेका भन्दै समग्र अर्थतन्त्रलाई गतिशील बनाउने गरी सरकारले काम गरिरहेकाले  व्यवसायीलाई ढुक्क भएर लगानी गर्न उनले आग्रह गरे । उपप्रधानमन्त्री सिंहले सरकारले संविधानको मर्म र भावनाविपरीत कुनै पनि निर्णय नगर्ने, संविधानले दिएको कसैको पनि अधिकार नखोस्ने उल्लेख गरे ।

सरकारले कानून बनाउने, कार्यान्वयनमा ल्याउने र देशमा कानुनी राज्यको प्रत्याभूति दिँदै सुशासन कायम राख्ने उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले भने, ‘यो सरकारले कानूनी राज्य स्थापित गराउँछ, अरुलाई कानुन लाग्ने तर आफूलाई कानुन नलाग्ने भन्ने हुँदैन, अब मलाई कानुन लाग्दैन भनेर कसैले ठूलो स्वरले उफ्रिएर कराउँदैमा हुँदैन, सबैलाई कानुन बराबर हुन्छ ।’

सल्लाघारीको नेपाल ट्रष्टको नाममा रहेको एक सय आठ रोपनी जग्गामा सबैको आँखा परेको सन्दर्भ कोट्याउँदै उनले चेम्बरले मात्रै होइन, अस्पताल, मेडिकल कलेजलगायत धेरै प्रयोजनका लागि सो जग्गा माग भए पनि स्थानीय जनता, राजनीतिक दल र सरोकार सबै पक्षको छलफलबाट मात्रै यसको निर्णय गरिने बताए। 

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ४ : ५८ बजे

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

दाङ– दाङको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण

कुलमानको एक्सन : सडक र पुलका थप ५० वटा ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौं – सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी

व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी

भोजपुर- भोजपुरकाे हतुवागढी–५ होम्ताङमा ७१ वर्षीय सकतबहादुर राईले एभोकाडोको व्यावसायिक

नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि काग सम्मेलन

काठमाडौं – काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको

चार प्रमाणले सहजै हुन्छ जग्गाको स्रेस्ता कायम, सूचनाको अपव्याख्या नगर्न आग्रह

भू-अभिलेख तथा श्रेस्ता व्यवस्थित गरेर जग्गाधनीको हक संरक्षण गर्ने मुख्य