योजना छनोट र कार्यान्वयनलाई पारदर्शी बनाउनुपर्छ : मुख्यमन्त्री आचार्य « Khabarhub

योजना छनोट र कार्यान्वयनलाई पारदर्शी बनाउनुपर्छ : मुख्यमन्त्री आचार्य


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोट र कार्यान्वयनमा देखिएका बेथिती अन्त्य गर्न योजना छनोट र कार्यान्वयनको प्रक्रियालाई पारदर्शी बनाउनुपर्ने बताएका छन् ।

जिल्ला समन्वय समिति अर्घाखाँचीको सन्धिखर्कमा बुधवार आयोजना गरिएको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले तीन तहका सरकारले गर्ने हरेक काम पारदर्शी र जनताले सहजै थाहा पाउनेगरी हुनुपर्ने बताएका हुन् ।

यस्तै उनले विगतमा गरिएका कामको समीक्षा गर्दै भावी योजना निर्माणमा जुट्न आह्वान गरे । योजनाको समीक्षा नगरी अर्को योजना बनाउदा सफलता नमिल्ने भन्दै उनले समिक्षाबाटै निकास खोज्न आह्वान गरे । उनले चालु आर्थिक वर्षमा विनियोजन भएका बजेटको पूर्ण कार्यान्वयन गर्न आग्रह गरेका छन् । 

उनले जिल्ला समन्वय समितिको कामलाई प्रभावकारी बनाउन नीतिगत सुधार गर्न प्रदेश सरकारले भूमिका खेल्ने विश्वास दिलाए ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ५ : ४४ बजे

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो

जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई

हर्मुजमा सेना पठाउने निर्णय अझै भएको छैन : दक्षिण कोरिया

सियोल – दक्षिण कोरियाका विदेशमन्त्रीले शुक्रबार इरानी समकक्षीसँग हर्मुज जलमार्गमा