नेर्पामा फलफूल प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा | Khabarhub Khabarhub

नेर्पामा फलफूल प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

खोटाङ– यहाँको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा फलफूल प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । 

नगरपालिका क्षेत्रभित्रका कृषकले उत्पादन गरेका किवी, स्याउ, नास्पाती, आल्चालगायत फलफूललाई प्रशोधन गरेर पेयपदार्थ (जुस) उत्पादन गर्दै बजारीकरण गर्ने उद्देश्यले प्रशोधन केन्द्र निर्माण सुरु गरिएको हो । 

केन्द्रका लागि आवश्यक पक्की भवन निर्माण तथा उपकरण खरिदको काम सम्पन्न भएको नगर उपप्रमुख विशन राईले जानकारी दिए। 

‘सङ्घीय सरकारको समपूरक अनुदानअन्तर्गत रु एक करोडमा निर्माण सुरु गरिएको केन्द्रका लागि आवश्यक भौतिक संरचना निर्माण सम्पन्न भइसकेका छन् । अहिले आवश्यक उपकरण तथा विद्युत् जडान गर्ने काम गरिरहेका छौँ’, उनले भने, ‘फलफूल प्रशोधन केन्द्र सञ्चालनमा आएपछि प्रतिघण्टा दुई सय लिटर जुस उत्पादन हुन्छ । यसले खेर गइरहेका फलफूल उपयोग हुनुका साथै कृषकलेसमेत रोजगारी पाउनेछन् ।’

बाहिरी जिल्लाबाट आयातीत पेयपदार्थलाई विस्थापित गर्दै पुँजी पलायन हुनबाट रोक्ने उद्देश्यले फलफूल प्रशोधन केन्द्र निर्माण सुरु गरिएको नगर उपप्रमुख राईको भनाइ छ ।

‘कृषकले उत्पादन गरेका किवी, स्याउ, नास्पाती, आल्चालगायत फलफूल उपयोगविहीन भएका छन् । खेर गइरहेका फलफूललाई प्रशोधन गर्दै बजारीकरण गरेर स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने दीर्घकालीन योजनाका साथ फलफूल प्रशोधन केन्द्र निर्माण गरेका हौँ’, उनले भने , ‘पेयपदार्थका रुपमा प्रयोग गरिने ‘कोक’, ‘डियू’, ‘फ्यान्टा’, ‘रेडबुल’लगायत वस्तु आयात गर्दा करोडौँ रकम बाहिर जान्छ । बाहिरबाट आयात हुने त्यस्ता वस्तु विस्थापित गर्दै पुँजी पलायन रोकेर स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने दीर्घकालीन योजनामा सुरुआत गरिएको हो ।’

विसं २०८० माघ १२ गते सम्झौता गरेर निर्माण सुरु गरिएको फलफूल प्रशोधन केन्द्रको भवन र फलफूल प्रशोधन गर्ने उपकरण खरिदको काम सुदेवी कन्ट्रक्सन प्राली हलेसीले जिम्मा लिएको थियो । 

भ्याटसहित ८४ लाख १२ हजार पाँच सय ९७ को लागतमा सम्पन्न गर्ने सम्झौताअनुसार भवन निर्माण र उपकरण खरिद रोकिएको समय अगावै सम्पन्न गरेर नगरपालिकालाई हस्तान्तरण गरिएको ठेकेदार कम्पनीका प्रोपाइटर सुवास राईले जानकारी दिए। प्रशोधन केन्द्रको भवनसम्म पुग्ने विद्युत् विस्तार र फलफूल प्रशोधन गर्ने उपकरण जोड्ने काम बाँकी रहेको नगरपालिकाले जनाएको छ । 

निर्माणाधीन भवनमा आवश्यक थप कोठा विस्तार गर्न कोशी प्रदेश सरकारले यस आर्थिक वर्षका लागि रु २० लाख उपलब्ध गराएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिए। 

निर्माणाधीन फलफूल प्रशोधन केन्द्र सञ्चालनमा आएपछि नगरपालिकाभित्रका कृषकलाई मात्र नभई जिल्लाभरिका कृषकलाई राहत मिल्ने अपेक्षा गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका अगुवा कृषक गंगाबहादुर विश्वकर्माले बताए।

‘जिल्लामा फलफूत प्रशोधन केन्द्र नहुँदा बिक्री नभएका फलफूल त्यतिकै खेरजाने गरेको छ । फलफूल प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेसँगै व्यावसायिकरुपमा फलफूलखेती गर्दै आएका कृषकहरु उत्साहित भएका छन्’, उनले भने , ‘अघिल्ला कार्यकालका जनप्रतिनिधिले निर्माण गरेका धेरै संरचना उपयोगविहीन छन् । निर्माणाधीन फलफूल प्रशोधन केन्द्र सञ्चालनका लागि वर्तमान जनप्रतिनिधिले दीर्घकालीन योजना बनाउन आवश्यक छ ।’

केन्द्र सञ्चालनमा आएसँगै कृषकले भोग्दै आएका समस्या अन्त्य हुने नगरपालिकाले जनाएको छ । नगर क्षेत्रभित्र वार्षिक करिब ३० हजार किलो किवी उत्पादन हुने नगरपालिकाले जनाएको छ । 

केन्द्र निर्माणका लागि स्थानीय शुभचन्द्र राईले साढे चार रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए । आफ्नै क्षेत्रमा फलफूल प्रशोधन केन्द्र स्थापना भएपछि कृषकहरु फलफूल खेतीमा हौसिएका छन् । 

फलफूल प्रशोधन केन्द्र निर्माण सम्पन्न भएपछि बोलपत्र आह्वान गरेर निजी क्षेत्रका उद्यमीलाई सञ्चालनको जिम्मेवारी दिने तयारी गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । निर्माणाधीन फलफूल प्रशोधन केन्द्र यसै आर्थिक वर्षभित्र सञ्चालन गर्ने तयारी गरिएको छ । 

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ६ : ३४ बजे

वर्षाले काठमाडौंसहितका विभिन्न सडकमा सवारी आवागमन प्रभावित

काठमाडौं– लगातारको वर्षाले काठमाडौं उपत्यकास्थित नदीनाला आसपासका सडक तथा केही

बीपी राजमार्ग अवरुद्ध, मूलकोट रिसोर्ट र खुर्कोट बसपार्क डुबानमा

काठमाडौं– बीपी राजमार्गअन्तर्गत सिन्धुलीको मूलकोटका रिसोर्टहरू डुबानमा परेका छन् ।

काभ्रेको थुम्कीमा पहिरोले घर बगायो, चार जना बेपत्ता

काभ्रे– काभ्रेको बल्थलीस्थित थुम्कीमा पहिरोले गाउँ नै बगाएको छ ।

मनोहराले बगाएर ल्यायो ग्यास बुलेट, लिकेजपछि च्यासल क्षेत्रमा त्रास

काठमाडौं– मनोहरा खोलाले ग्यास बुलेट बगाएको छ । बाढीले बगाएर

ललितपुरको किस्ट अस्पतालनमा पानी पस्यो, बिरामीलाई अन्तै सारियो

काठमाडौं– ललितपुरको किस्ट अस्पतालको पर्खाल भत्किएपछि स्थानीय कर्मनाशा खोलाको पानी