स्पेनिस ला लिगा : बार्सिलोनाको लगातार सातौँ जित « Khabarhub

स्पेनिस ला लिगा : बार्सिलोनाको लगातार सातौँ जित


१० आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लगातार सातौँ जित निकालेको छ । गएराती सम्पन्न खेलमा गेटाफेलाई १–० गोल अन्तरले हराउँदै बार्सिलोना विजयी भएको हो ।

बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले गोल गरेका थिए । उनले खेलको १९औँ मिनेटमा गरेको गोल नै बार्सिलोनाको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै सात खेलबाट बार्सिलोना २१ अंकसहित शीर्षस्थानमा रहेको छ । पराजित भएको गेटाफे ४ अंकका साथ १९औँ स्थानमा छ । दोस्रो स्थानमा रहेको रियल मड्रिडको १७ अंक छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ७ : २९ बजे

विपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड अनुदान

बागलुङ– बागलुङका विपद् सङ्कटग्रस्त स्थानीय तहलाई सङ्घीय सरकारले पहिलो चरणमा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

हेटौँडा– भीमफेदी गाउँपालिका–८ इपादेउरालीमा आज बिहान बसको ठक्करबाट एक जना महिलाको

एनएमबि बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले भिजासँग ’भिजा डाइरेक्ट टू एकाउन्ट सेवाका लागि

मेची करिडोरको ठेक्का रद्द

काठमाडौं– मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको