मुत्ररोग सम्बन्धी शल्य चिकित्सकको राष्ट्रिय सम्मेलन सम्पन्न « Khabarhub

मुत्ररोग सम्बन्धी शल्य चिकित्सकको राष्ट्रिय सम्मेलन सम्पन्न


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– फागुन ९ गतेदेखि पोखरामा शुर भएको मुत्ररोग सम्बन्धी शल्य चिकित्सकहरुको पाँचौ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

मुत्ररोग सम्बन्धी शल्य चिकित्सकहरुको राष्ट्रिय संगठनको आयोजनामा भएको सम्मेलनमा महिलामा हुने मुत्ररोग सम्बन्धी  समस्याहरुको विषयमा छलफल भएको मुत्ररोग विशेषज्ञ डाक्टर पवनराज चालिसेले बताए ।

सानै उमेरमा गर्भवती हुने, घरमै बच्चा जन्माउने तथा  प्रसव पीडाको समयमा उचित स्यहार नपाउँदा महिलामा पिसाब चुहिने, पाठेघर खस्ने र मुत्ररोगको संक्रमण बढ्दै जाने गरेको पाइएको हुँदा सो विषयमा छलफल गरिएको डा चालिसेले बताए ।

सम्मेलनमा सहभागी चिकित्सकहरुले महिलामा हुने मुत्ररोगको उपचारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा गरिने पद्धति र उपचार अनुभव आदानप्रदान गरेका थिए ।

सम्मेलनमा नेपालसहित भारत, चीन,श्रीलंका, पाकिस्तान, मलेसिया,संयुक्र राज्य अमेरिका, हंङकङ र सिंगापुरका दुईसय जना मुत्ररोग सम्बन्धी शल्य चिकित्सको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ८ : १५ बजे

ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउँदै प्रदेश सरकार

काभ्रेपलाञ्चोक- बाग्मती प्रदेश सरकारले जिल्लाका ग्रामीण क्षेत्रमा खानेपानीको पुहँच विस्तार

लोप हुँदै भटमासखेती

तेह्रथुम- कुनै समय तेह्रथुमका गाउँबस्तीमा प्रमुख दलहन बालीका रूपमा खेती

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत

काठमाडौं- नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका

कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना

झापा- सरकारले हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ लाई

भोटेकोशी बाढीको २० दिनपछि बालेनले भेटे स्थानीय तहका जनप्रतिनिधि

ठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा गत भदौ १०