आर्थिक सुधारका कडा शर्तसहित पाकिस्तानलाई आईएमफएको सात अर्ब डलर ऋण « Khabarhub

आर्थिक सुधारका कडा शर्तसहित पाकिस्तानलाई आईएमफएको सात अर्ब डलर ऋण


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आर्थिक संकटसँग जुधिरहेको पाकिस्तानलाई सात अर्ब डलर ऋण दिने भएक छ ।

पाकिस्तानले आईएमएफले सात अर्ब डलरको ऋण दिन तयार भएको जानकारी दिएको छ । पाकिस्तानकोके प्रधानमन्त्री कार्यालय (पीएमओ)ले यस कुराको पुष्टि गरेको छ ।

पीएमओले जनाएअनुसार ऋण दिने क्रममा आईएमएफले आर्थिक सुधारका उपाय पनि जानकारी दिएको छ । आर्थिक स्थिरता हासिल गरेपछि पाकिस्ताले आर्थिक विकासका लक्ष्य हासिल गर्ने गरी कदम चाल्नुपर्ने शर्त आईएमएफले राखेको छ ।

पाकिस्तानको तर्फबाट कृषि करको संरचनामा सुधार, राज्यलाई वित्तीय अनुशासनका लागि जिम्मेवार बनाउने र अन्य केही कडा सुधारका कदम चाल्नुपर्ने भएको छ । ती शर्त लागु गर्न तयार भएपछि आईएमएफले यति ठूलो परिमाणको ऋण दिन लागेको हो ।

जियो न्यूजका अनुसार यस नयाँ ऋणको पहिलो किस्ता १.१ अर्ब डलर आईएमएफले ३० सेप्टेम्बरमा पाकिस्तानका लागि पठाउने छ ।

पाकिस्तान खराब आर्थिक अवस्थाका कारण आईएमएफको ऋणमा निर्भर भएको छ ।

सन् १९५८ देखि अहिलेसम्म पाकिस्तानले २२ पटक आईएमएफबाट ऋण लिइसकेको छ। अहिले पाकिस्तान आईएमएफको विश्वकै सबैभन्दा धेरै ऋण लिनेमा पाँचौँ देशका रुपमा रहेको छ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  १२ : ३३ बजे

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु