आर्थिक सुधारका कडा शर्तसहित पाकिस्तानलाई आईएमफएको सात अर्ब डलर ऋण « Khabarhub

आर्थिक सुधारका कडा शर्तसहित पाकिस्तानलाई आईएमफएको सात अर्ब डलर ऋण


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आर्थिक संकटसँग जुधिरहेको पाकिस्तानलाई सात अर्ब डलर ऋण दिने भएक छ ।

पाकिस्तानले आईएमएफले सात अर्ब डलरको ऋण दिन तयार भएको जानकारी दिएको छ । पाकिस्तानकोके प्रधानमन्त्री कार्यालय (पीएमओ)ले यस कुराको पुष्टि गरेको छ ।

पीएमओले जनाएअनुसार ऋण दिने क्रममा आईएमएफले आर्थिक सुधारका उपाय पनि जानकारी दिएको छ । आर्थिक स्थिरता हासिल गरेपछि पाकिस्ताले आर्थिक विकासका लक्ष्य हासिल गर्ने गरी कदम चाल्नुपर्ने शर्त आईएमएफले राखेको छ ।

पाकिस्तानको तर्फबाट कृषि करको संरचनामा सुधार, राज्यलाई वित्तीय अनुशासनका लागि जिम्मेवार बनाउने र अन्य केही कडा सुधारका कदम चाल्नुपर्ने भएको छ । ती शर्त लागु गर्न तयार भएपछि आईएमएफले यति ठूलो परिमाणको ऋण दिन लागेको हो ।

जियो न्यूजका अनुसार यस नयाँ ऋणको पहिलो किस्ता १.१ अर्ब डलर आईएमएफले ३० सेप्टेम्बरमा पाकिस्तानका लागि पठाउने छ ।

पाकिस्तान खराब आर्थिक अवस्थाका कारण आईएमएफको ऋणमा निर्भर भएको छ ।

सन् १९५८ देखि अहिलेसम्म पाकिस्तानले २२ पटक आईएमएफबाट ऋण लिइसकेको छ। अहिले पाकिस्तान आईएमएफको विश्वकै सबैभन्दा धेरै ऋण लिनेमा पाँचौँ देशका रुपमा रहेको छ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  १२ : ३३ बजे

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य

कि संघीयता राख्नुभएन, कि पार्टीलाई ‘फेडेरलाइज’ गर्नुपर्‍यो

संवैधानिकतामा फर्किनका लागि निर्वाचन, त्यसभन्दा अरु बढी भन्ने अवस्था छैन,