अतिक्रमित संरचना हटाउन भरतपुर महानगरको सक्रियता « Khabarhub

अतिक्रमित संरचना हटाउन भरतपुर महानगरको सक्रियता


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नारायणगढको लायन्सचोकदेखि प्रहरी तालिम केन्द्रसम्मका संरचना भत्काउन थालिएको हो ।

सार्वजनिक जग्गा मिचेर बनाइएको लायन्स क्लबको भवन सहितका संरचना डोजर लगएर भत्काइएका छन् ।

महानगरपालिकाले २०८० वैशाख २१ गते नै पुङ्गी खोला करिडोर नापजाँच गरी अतिक्रमित जग्गा खाली गर्न आग्रह गर्दै गत साउन १२ गते सार्वजनिक सूचना जारी गरेको थियो । भदौ २८ गतेको बैठकले पुङ्गी खोला तथा अन्य स्थानमा अवैधानिक रुपमा बनाइएका घर टहरा लगायतका संरचना भत्काउने निर्णय भएको थियो ।

महानगर प्रमुख रेनु प्रमुख दाहालले पुङ्गी खोलालाई पुनर्जीवन दिने लक्ष्यसहित संरक्षण तथा नगरको शोभा अभिवृद्धि अभियान एक साथ सुरु गरेको बताइन् ।

महानगरको गौरवको योजनामा समावेश भएको पुङ्गी खोला सिमाङ्कन, संरक्षणको पहिलो चरणअन्तर्गत दुवैतर्फ ३५५ मिटर क्षेत्रमा बोटविरुवा तथा फूल रोपिनेछ ।

वृक्षरोपण, फुटरेल, रिटेनिङवाल, रेलिङसहित हिँड्न मिल्नेगरी संरचना निर्माण गरिने उनले जानकारी दिइन् ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  १२ : ३७ बजे

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : एमाले सचिव बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल