साउनमा १ अर्ब ८३ करोडको बोनस शेयर सूचीकृत  | Khabarhub Khabarhub

साउनमा १ अर्ब ८३ करोडको बोनस शेयर सूचीकृत 


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं चालु आर्थिक वर्ष २०८१-८२ को एक महिनामा १ अर्ब ८३ करोड रुपैयाँ बराबरको थप बोनस शेयर सूचीकृत भएको छ । बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकमा यस्तो देखिएको हो । 

२०८० साउन मसान्तमा २०३३.१४ रहेको नेप्से सूचकाङ्क २०८१ साउन मसान्तमा ३०००.८१ कायम भएको तथ्यांकमा उल्लेख छ । २०८१ साउन मसान्तमा धितोपत्र बजार पूँजीकरण ४७ खर्ब ६५ अर्ब ९१ करोड रुपैयाँ कायम भएको छ । २०८० साउन मसान्तमा बजार पूँजीकरण ३० खर्ब ४३ अर्ब १ करोड रुपैयाँ रहेको केन्द्रिय बैंकले जनाएको छ । 

२०८१ साउन मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २६८ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३० बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत्  कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्। २०८० साउनमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २५४ रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ५७.९ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.४ प्रतिशत, लगानी कम्पनीको हिस्सा ८.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.७ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ९.५ प्रतिशत रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ । 

नेप्सेमा २०८१ साउन मसान्तमा सूचीकृत ८ अर्ब ३४ करोड शेयरको चुक्ता मूल्य ८ खर्ब २६ अर्ब ५२ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  १ : ३५ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार