गाजाको विद्यालयमा भएको इजरायली आक्रमणमा सातको मृत्यु « Khabarhub

गाजाको विद्यालयमा भएको इजरायली आक्रमणमा सातको मृत्यु


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

गाजा पट्टी – इजरायलले एउटा विद्यालय–आश्रयस्थमा बिहीबार गरेको आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको गाजाका नागरिक सुरक्षा उद्धारकर्ताहरू बताएका छन् । यद्यपि इजरायली सेनाले हमास कमान्ड केन्द्रलाई लक्षित गरेको बताएको छ ।

अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणबाट युद्ध सुरु भएपछि घेराबन्दीमा परेको गाजा पट्टीका २४ लाख जनसङ्ख्याको ठूलो हिस्सा कम्तीमा एक पटक विस्थापित भएको छ र तीमध्ये धेरैले विद्यालय भवनहरूमा आश्रय लिएका छन् ।

“उत्तरी गाजाको जबालिया शिविरमा रहेको अल–फलुजा विद्यालयलाई लक्षित गरी भएको इजरायली मिसाइल आक्रमणमा बालबालिकासहित सात जना सहिद भए भने धेरै घाइते भएका छन्”, नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बस्सलले भने।

इजरायली सेनाले अल–फलुजा विद्यालयमा रहेको कमान्ड–एन्ड कन्ट्रोल केन्द्रभित्र सक्रिय हमास लडाकूहरूलाई लक्षित गरी ‘सटिक आक्रमण’ गरेको बतायो । सैन्य विज्ञप्तिमा हताहतीका बारेमा कुनै जानकारी दिइएको थिएन ।

बिहीबार भएको आक्रमण गाजामा करिब एक वर्षदेखि जारी युद्धमा विस्थापितहरूलाई आश्रय दिइरहेका विद्यालय भवनहरूमा भएका इजरायली आक्रमणहरूको शृङ्खलामा यो पछिल्लो थियो ।

प्यालेस्टिनी शरणार्थीहरूका लागि राष्ट्रसङ्घीय निकाय युएनआरडब्लुएले सेप्टेम्बर ११ मा मध्य गाजाको संयुक्त राष्ट्रसङ्घद्वारा सञ्चालित अल–जौनी विद्यालयमा भएको इजरायली आक्रमणमा मारिएका १८ मध्ये आफ्ना छ जना कर्मचारी रहेको बताएपछि अन्तर्राष्ट्रिय आक्रोश बढेको थियो ।

इजरायली सेनाले हमासमाथि हजारौँ गाजाबासीहरूले आश्रय लिइरहेका विद्यालय भवनहरूमा लुकेको आरोप लगाउँदै आएको छ भने ती आरोपलाई हमासले अस्वीकार गरेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ८ : १९ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली