दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गर्न निर्देशन « Khabarhub

दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति गर्न निर्देशन


१० आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

सुनसरी – नजिकिँदै गरेका पर्वहरूमा दैनिक उपभोग्यवस्तुको सहज आपूर्ति एवं यातायात व्यवस्था चुस्तदुरुस्त बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको अध्यक्षता आज बसेको सर्वपक्षीय बैठकले चार्डपर्वका बेलामा उपभोग्य वस्तुको सहज आपूर्ति, यातायात व्यवस्थापन र शान्ति सुरक्षा कायम राख्नका लागि निर्देशन दिएको हो ।

बैठकले नियमित अवस्थामा जस्तै वस्तु तथा सेवाको प्रभावकारी आपूर्ति व्यवस्थापन मिलाउने, कृत्रिम अभाव नियन्त्रण गर्ने र गैरकानुनी कार्य नियन्त्रणमा कुनै कमी हुन नदिन राज्यका सबै निकाय एकीकृत हुनेजस्ता निर्णय गरिएको सुनसरीका प्रजिअ तिवारीले बताए ।

दशैं, तिहार, छठलगायत चाडपर्वका बेलामा सवारीधनले यात्रुसँग बढी भाडा असुल गर्ने, दुव्र्यवहार गर्ने, क्षमताभन्दा बढी यात्रु सवार गराउने, अत्यधिक गतिमा सवारी साधन चलाउने, मादक तथा विभिन्न किसिमको लागुऔषध सेवन गरेर सवारी चलाउनेलगायत अन्य गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउनका लागि निर्देशन दिइएको प्रजिअ तिवारीले जानकारी दिए ।

दुर्घटना न्यूनीकरण र सुरक्षित यात्रासम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, राजमार्गमा हुनसक्ने चोरी, लुटपाट, डकैती तथा ठगीजस्ता कुनै पनि अवाञ्छित कार्य हुन नदिनका लागि नियमित चेकजाँच गर्नका लागि मातहतका निकायलाई निर्देशन उनले बताए ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ९ : ५५ बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र