नेपाल शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छ : परराष्ट्रमन्त्री « Khabarhub

नेपाल शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छ : परराष्ट्रमन्त्री


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

वशिङ्टनडिसी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले आन्तरिक रुपमा द्वन्द्व व्यवस्थापन गरी शान्ति स्थापनाको निर्णायक विन्दुको अन्तिम तयारी गरिरहेको बताएकी छन् ।

राष्ट्रसङ्घीय फोरम शान्ति निर्माणसम्बन्धी फोरमको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री राणाले नेपालको सङ्घीय संसदले हालै मात्रै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेर पीडितमैत्री कानून बनाएको उल्लेख गरिन्। फोरमले यस वर्ष सन् २०२५ का लागि शान्ति निर्माणको मार्गचित्रको पुनःमूल्याङ्कनः समृद्धि र प्राथमिकता भन्ने शीर्षकमा बैठक आयोजना गरेको थियो ।

मन्त्री राणाले भनिन्, “अहिलेको विश्वमा शान्ति निर्माणको प्रक्रिया एक जटिल विषय बन्दै गएको छ, दिगो र समाजको स्थायित्वका लागि द्वन्द्वको वास्तविक कारण पहिचान हुनुपर्दछ ।”

आगामी वर्ष सन् २०२५ को शान्ति निर्माण प्रक्रियाको अवधारणालाई पुनःमूल्यांकन गरेर यसलाई दिगो र सक्षम तरिकाले अगाडि बढाउन जरुरी रहेको उनको भनाइ थियो । मन्त्री राणाले शान्ति निर्माण कमिसनले रणनीतिक रुपमा सुरक्षा परिषद्, महासभा र इस्कोस जस्ता निकायसँग साझेदारी गरेर अगाडि बढ्नुपर्नेमा सुझाव दिइन्। 

नेपाल शान्तिका दूत गौतम बुद्धको जन्मस्थल भएको स्मरण गर्दै मन्त्री राणाले सकारात्मक सोच, व्यवहार र संस्कृतिको मूल्य मान्यताका आधारमा शान्ति पूर्ण र हिंसारहित समाज निर्माण ध्यान दिनुपर्नेमा जोड दिइन्। 

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ६ : ११ बजे

पोखरामा ७६ वटा शव जमिनमुनि व्यवस्थापन (तस्बिरहरू)

पोखरा– बाढी प्रभावितसहित विभिन्न जिल्लाबाट पोखरा ल्याइएका ७६ वटा शव जमिनमुनि

रसुवा बाढीमा कोशी प्रदेशका १५९ जना बेपत्ता

विराटनगर– रसुवा बाढीबाट कोशी प्रदेशका १३ जिल्लाका १५९ जना व्यक्ति

युक्रेनमा रुसी ड्रोन आक्रमण : १२ जनाको मृत्यु, २१ घाइते

किएभ- रूसले युक्रेनको राजधानी किएभ तथा आसपासका क्षेत्रमा गरेको ड्रोन र

बाढीपीडितका लागि एमएडब्ल्यू ग्रुपको १ करोड ११ लाख सहयोग

काठमाडौं– रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन लगायत देशका

भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक सञ्चालनको तयारी

हेटौँडा– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा–काठमाडौँ जोड्ने