एमाले नेतृ सुनिता बराल भन्छिन्- प्रविधिको दुरुपयोग गरेर चरित्र हत्या गरियो « Khabarhub

एमाले नेतृ सुनिता बराल भन्छिन्- प्रविधिको दुरुपयोग गरेर चरित्र हत्या गरियो


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेकी सचेतक सुनिता बरालले प्रविधिको दुरुपयोग गरेर आफ्नो चरित्र हत्या गरिएको बताएकी छन् ।

केहि दिनअघि मिडिया र सामाजिक सञ्जालमा बराल र एक युवकको अन्तरंग तस्बिर सार्वजनिक भएपछि बरालले पहिलो पटक आफ्नो प्रतिक्रिया दिएकी हुन् ।

बरालले यस्ता हर्कतविरुद्ध कानुनी कारबाहीका लागि सम्बन्धित निकायलाई अनुरोध गरिसकेको र कानुनी निष्कर्षको प्रतिक्षा गर्ने बताएकी छिन् ।

के भनिन् ?

सामाजिक जीवन, सार्वजनिक जिम्मेवारीसँग जोडिएको व्यक्तिले पटकपटक विभिन्न सन्दर्भसँग जोडिएर आफूलाई प्रमाणित गर्नपर्छ नै । केही दिनयता भिन्न अवस्था र परिवेशका तस्बिरलाई प्रविधिको दुरुपयोग गरी दुष्प्रचारको उद्देश्यले सामाजिक सञ्जालमा पोष्ट गर्ने तथा त्यस्ता तथ्यहीन तथा नियोजित हत्कण्ठाहरुको मतियार भएर आफूलाई प्रतिष्ठित सञ्चारमाध्यम भनेर सोच्ने केही मिडियाहरूले समाचार बनाउनेसम्मका हर्कत गरेकोमा दुःख व्यक्त गर्दछु । यस्ता भ्रामक समाचार तथा तस्बिरका सम्बन्धमा आवश्यक कारबाहीका लागि कानुन र निर्दिष्ट निकायलाई अनुरोध गरिएको जानकारी मेरा समर्थक शुभेच्छुकहरूमा गराउन चाहन्छु ।

राजनीतिक तथा सामाजिक क्षेत्रमा निरन्तर सङ्घर्ष र मेहनतले बनेको व्यक्तिमा प्रश्न उठाउने अवस्था ल्याउन विभिन्न खालका प्रयासहरू निरन्तर गरिरहने केही प्रवृत्ति प्रति सचेत नै छु र यस्ता षड्यन्त्रहरू समयक्रममा प्रष्ट हुने नै छन् । षड्यन्त्रभन्दा सङ्घर्ष दिगो हुन्छ भन्ने विश्वास हो । त्यसर्थ कानुनी निष्कर्ष पर्खनु नै यतिबेलाको सही निर्णय हुनेछ भन्ने विश्वाससहित चासो चिन्ता व्यक्त गर्नुहुने एवं विश्वाससहित सद्भाव प्रकट गर्नुहुनेमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १० : ४५ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना