सिन्धुली र नवलपरासीमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह « Khabarhub

सिन्धुली र नवलपरासीमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो तीन घण्टामा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा भारी वर्षा मापन गरिएको छ । डण्डा, दुम्कौली, देउराली नवल र आसपास भारी बर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उक्त क्षेत्रमा राति थप वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । साथै सो क्षेत्र भइ बहने बिनाई खोला, अरुङ्ग खोला र अन्य साना नदीहरुमा बाढीको जोखिम रहेकोले नदी तटिय क्षेत्रका बासिन्दालाई भोलि दिउँसोसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यस्तै सिन्धुलीमा पनि भारी वर्षा भइरहेको छ । जसका कारण कमला नदीले जलसतह सतर्कता तह पार गरेको विभागले जनाएको छ । सो क्षेत्रमा थप बर्षाको पूर्वानुमान रहेकोले खतरा तह पार गर्ने पूर्वानुमान रहेको छ । कमला नदी तटीय क्षेत्रका बासिन्दालाई पनि भोलि दिउँसो सम्मै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

शुक्रबार बिहानैदेखि देशका अधिकाशं स्थानमा लगातार वर्षा भइरहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहनुकासाथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताउँदै जल तथा मौसम विज्ञान विभागले मुलुकका अधिकांश भागमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ । राति पनि देशभर नै पानी पर्ने सम्भावना छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ११ : १२ बजे

अर्जेन्टिनीहरूका प्रिय ‘ब्याड ब्वाइ’

काठमाडौं – ‘आधुनिक फुटबलका राजा’ अर्जेन्टिनी स्टार लियोनल मेसीले विश्वकप

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम– दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो हतियार

आज २०८३ साल साउन २ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल साउन २ गते शनिबार सन् २०२६ जुलाई

विश्वकपमा अर्जेन्टिनाको राजनीतिक सन्देश, ‘माल्भिनास’ ब्यानरले किन मच्चायो विश्वभर बहस?

 काठमाडाैँ- विश्वकपको मैदानमा कहिलेकाहीँ एउटा गोलभन्दा पनि एउटा सन्देशले ठूलो