जेलेन्स्कीलाई भेटेपछि ट्रम्पले भने- युक्रेनमा रूसको युद्ध समाप्त गर्ने समय आयो « Khabarhub

जेलेन्स्कीलाई भेटेपछि ट्रम्पले भने- युक्रेनमा रूसको युद्ध समाप्त गर्ने समय आयो


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिको दौडमा रहेकाडोनाल्ड ट्रम्पले शुक्रबार युक्रेनका राष्ट्रपति भ्लोलोदिमिर जेलेन्स्कीसँग न्यूयोर्कमा भेटवार्ता गरेका छन् ।

न्यूयोर्कस्थित ट्रम्प क्याम्पमा भएको यस भेटवार्तामा राष्ट्रपति पदका लागि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले युद्ध रोक्नुपर्ने बताएका छन् ।

आफ्नो चुनावी अभियानमा लगातार युक्रेनका राष्ट्रपति भ्लोदोमिर ज़ेलेन्स्कीको ट्रम्पले आलोचना गरिरहेका छन् । यस्तोमा यी दुई नेताबीच यो भेटको अपेक्षा कमैले गरेका थिए ।

भ्लोदोमिर जेलेन्स्कीले भेटपछि आफ्नो जस्तै ट्रम्पको पनि यो युद्ध समाप्त गर्नुपर्ने विचार रहेको बताए । ट्रम्पले पनि यो युद्धमा रसियाले जित निकाल्न नसक्ने आफ्नो जस्तै समान धारणा राखेको पनि उनले बताएका छन् ।

तर कयौँ समयदेखि ट्रम्प र जेलेन्स्कीबीच रसियासँगको युद्धलाई लिएर कयौँ मतभेद रहेका छन् । यो भेटपछि भने ट्रम्पले आफ्नो सम्बन्ध जेलेन्स्कीसँग राम्रो रहेको जिकिर गरेका छन् ।

‘राष्ट्रपति पुटिनसँग पनि मेरो धेरै राम्रो सम्बन्ध छ । मलाई लाग्छ यदि हामीले चुनाव जित्यौँ भने सबै समस्याको समाधान निकाल्नेछौँ ।’

पत्रकारसँगको कुराकानीका क्रममा ट्रम्पले जेलेन्स्की र उनको देश यो बेला एकदमै कठिन अवस्थाबाट गुज्रिरहेको बताएका छन् । ट्रम्पले देशमा आएको संकटलाई राम्ररी सम्हालेको भन्दै जेलेन्स्कीको प्रशंसा पनि गरे ।

जेलेन्स्की राष्ट्रसंघको महासभामा भाग लिन गत आइतबार नै पुगेका थिए । उनी र ट्रम्पबीचको भेटघाट बिहीबार तय गरिएको थियो ।

ट्रम्पले भेटपछि एक्समा भनेका छन्, ‘हाम्रा लागि एकअर्काको सम्पर्कमा रहने र एक-दोस्रोलाई १०० प्रतिशत बुझ्नु पनि जरुरी छ ।’

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ११ : ४४ बजे

निर्वाचन लक्षित ‘सुरक्षा बेस’ स्थापना

चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनलाई ख्याल गर्दै सशस्त्र प्रहरी बल नेपालले

निर्वाचन आचारसंहिताविपरीत गतिविधि नगर्न रास्वपालाई नवलपरासी प्रशासनको आग्रह

नवलपरासी– जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई

भारतको क्रिकेट : ‘ए प्लस’बाट रोहित र विराटको किन भयो ग्रेड ‘बी’मा घटुवा ?

काठमाडौं – भारतको क्रिकेटका स्टार ब्याट्सम्यान रोहित शर्मा र विराट

बागलुङमा ‘प्लेटलेट्स’ बनाउन थालियो, पोखरा र काठमाडौं पठाउनुपर्ने बाध्यता अन्त्य

बागलुङ– लामो समयको प्रयासपछि बागलुङको रक्तसञ्चार केन्द्रमा सेतो रगत (प्लेटलेट्स/प्लाज्मा)

विश्वकप नखेल्ने निर्णय गरेको बंगलादेशलाई आईसीसीले वित्तीय र प्रशासनिक कारबाही नगर्ने

काठमाडौं – विश्वकप नखेल्ने निर्णय गरेको बंगलादेश अन्तर्राष्ट्रिय क्रिकेट परिषद्