गोरुसिङ्गे–सन्धिखर्क सडक अवरुद्ध « Khabarhub

गोरुसिङ्गे–सन्धिखर्क सडक अवरुद्ध


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अविरल वर्षासँगै खसेको पहिराले गोरुसिङ्गे–सन्धिखर्क सडक अवरुद्ध भएको छ । गोरुसिङ्गे–सन्धिखर्क सडकअन्तर्गत शीतगङ्गा नगरपालिकाका विभिन्न स्थानमा खसेको पहिराले गएरातिदेखि सडक अवरुद्ध बनेको हो ।

नगरपालिकाको जनशक्ति, स्थानीय, प्रहरीलगायतको पहलमा पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विपन कार्कीले बताए। सडक अवरुद्ध बनेपछि यात्रुबीच बाटोमा अलपत्र परेका छन् ।

सन्धिखर्क–ढोरपाटन सडक वैकल्पिक बाटो पनि अवरोध भएको छ । सन्धिखर्क–गोरुसिङ्गे खण्डको सन्धिखर्क–६ जगतबाट नरपानीसम्म १२ ठाउँमा पहिरोले बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

शीतगङ्गा–१२ बसेरीबाट शितगङ्गा–२ सीतापुरसम्म तीन ठाउँमा बाटो अवरोध भएको छ । सबै स्थानमा पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ३ : ४१ बजे

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा – पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा

मोरिन्होको सुखद सुरुवात: इन्जुरी समयको गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – मुख्य प्रशिक्षक जोसे मोरिन्होको दोस्रो कार्यकालको पहिलो प्रतिस्पर्धात्मक

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गर्न

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका