विपदमा देशभर ४९ जनाको मृत्यु, ४० जना बेपत्ता | Khabarhub Khabarhub

विपदमा देशभर ४९ जनाको मृत्यु, ४० जना बेपत्ता


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ । त्यसमध्ये उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौँमा मात्रै ३२ जनाले ज्यान गुमाएका छन् । 

नेपाल प्रहरीका सहप्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार विपद्का घटनामा परेर हालसम्म ३४ जना घाइते भएका तथा ४० जना सम्पर्कविहीन भएका छन् । उनले देशभरिमा ४४ स्थानमा मुख्य राजमार्ग अवरुद्ध भएको पनि जानकारी दिए।  

प्रहरीले सबै निकायको समन्वयमा उद्धार कार्य जारी राखेको छ । अहिलेसम्म एक हजारभन्दा बढीको उद्धार गरिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरमा मात्रै विपद्का घटनाबाट १७ जना घाइते तथा १२ जना बेपत्ता भएका छन् ।

 सशस्त्र प्रहरी बलले आपतकालीन उद्धारका लागि हटलाइन नम्बर १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ । 

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ४ : ०७ बजे

मधेश राजनीतिमा नयाँ मोड, कांग्रेसले छोड्यो एमालेको साथ

काठमाडौँ- मधेश प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाअघि बढाउन सात दलले

दिल्लीमा उच्च प्रदुषण, श्वासप्रश्वासमा नै असहज हुन थालेको स्थानीयको गुनासो

नयाँ दिल्ली – नयाँ दिल्लीमा विषाक्त हावा नियन्त्रणका लागि सरकारको

पूर्वसांसदका स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न सरकारको ताकेता

काठमाडौँ- अर्थमन्त्रालयले सांसदहरूको स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधा फिर्ता गर्न निरन्तर

धादिङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा आज जिपको

अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ – पूर्वी पहाडी भेगको प्रमुख नगदेबाली अलैँचीको मूल्यमा पछिल्लो