युक्रेनमा चीनको शान्ति प्रयासमाथि अमेरिकी विदेशमन्त्रीको प्रश्न « Khabarhub

युक्रेनमा चीनको शान्ति प्रयासमाथि अमेरिकी विदेशमन्त्रीको प्रश्न


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसी सेनालाई युद्ध सामाग्री निर्यात गरेको आरोप लगाउँदै शुक्रबार युक्रेनमा शान्ति स्थापना गर्ने चीनको मनसायप्रति प्रश्न उठाएका छन् ।

ब्लिन्केनले संयुक्त राष्ट्र महासभाको क्रममा चिनियाँ विदेशमन्त्री वाङ्ग यीसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा चीनको कूटनीतिक प्रगतिलाई श्रेय दिँदै ब्लिन्केनले संयुक्त राज्य अमेरिकाले रुसलाई युद्धका लागि आवश्यक सामग्री निर्यात गर्ने चीनको व्यवहारप्रति चिन्तनशील रहने र वासिब्टनले थप प्रतिबन्धहरू लगाउन सक्ने चेतावनी दिएका छन् ।

चीनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युद्धनीतिलाई समर्थन गरिरहेको आरोप लगाएका छन् ।

‘बेइजिङले एकतर्फ आफूले शान्ति चाहने बताइरहेको छ, तर अर्कातिर द्वन्द्वको अन्त्य हेर्न चाहन्छ । यसले आफ्ना कम्पनीलाई कार्यहरू गर्न अनुमति दिइरहेको छ जसले वास्तवमा पुटिनलाई आक्रमण जारी राख्न मद्दत गरिरहेको छ, त्यो हुनु हुँदैन’, ब्लिन्केनले पत्रकार सम्मेलनमा भने ।

‘हाम्रो उद्देश्य रूसलाई चीनबाट अलग गर्नु होइन । उनीहरूको सम्बन्ध उनीहरूको व्यवसाय हो तर चीनले रुसलाई युद्ध जारी राख्न आवश्यक पर्ने कुरा प्रदान गरिरहेको छ, यो हामी र अन्य धेरै देशका लागि समस्याको कुरा हो’,ब्लिन्केनले बताए।

शीर्ष अमेरिकी कूटनीतिज्ञले चीनले रुसलाई सैन्य उत्पादनका लागि आवश्यक ७० प्रतिशत मेसिन उपकरण र ९० प्रतिशत माइक्रोइलेक्ट्रोनिक्स प्रदान गरेको छ जसमा रकेट र युद्ध सवारी साधनहरू समावेश छन् ।

बैठकका क्रममा वाबले युक्रेन द्वन्द्वमा चीनले सधैँ शान्ति र संवादको वकालत गर्ने र राजनीतिक समाधानका लागि काम गर्ने बताउनुभएको बेइजिङको विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चीनले रुसलाई प्रत्यक्ष रूपमा हतियार उपलब्ध गराएको छैन र सन् २०२२ मा रुसको आक्रमणपछि युक्रेनलाई अरबौँ डलरको हतियार पठाएको संयुक्त राज्य अमेरिकाको विपरीत रहेको विज्ञप्तिमा जनाइएको छ ।

सुरक्षा परिषद्को मङ्गलबार आयोजित एउटा सत्रमा वाबले भने ‘चीन युक्रेन सङ्कटको सृष्‍टिकर्ता होइन, न त हामी यसको पक्ष हौँ“ भने चीन सधैँ शान्तिको पक्षमा उभिएको छ ।’

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ५ : ३४ बजे

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक

युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

काठमाडौं- युरोपेली संघ (ईयू)ले चीनमा निर्मित दुई लाखभन्दा बढी नक्कली