विपदमा सक्रियतापूर्वक उद्धार गर्न र राहतमा जुट्न सभामुखको आह्वान | Khabarhub Khabarhub

विपदमा सक्रियतापूर्वक उद्धार गर्न र राहतमा जुट्न सभामुखको आह्वान


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सभामुख देवराज घिमिरेले विपद्को यस्तो घडीमा नागरिकको जीवन रक्षाका लागि सक्रियतापूर्वक उद्धार र राहतमा जुट्न सबैलाई आह्वान गरेका छन् ।

सभामुख घिमिरेले आज अपिल जारी गर्दै विपद्को यस्तो घडीमा नागरिकको जीवन रक्षाका लागि सक्रियतापूर्वक उद्धार र राहतमा जुट्न सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार साथै सुरक्षा निकाय, जनप्रतिनिधि, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, कर्मचारी वर्ग, सामाजिक सङ्घसंस्था र आम नेपाली जनतामा आह्वान गरेका हुन् ।

“तीन दिनदेखि लगातार भएको भारी वर्षाका कारण देशभर ठूलो मात्रामा भएको भौतिक र मानवीय क्षतिले स्तब्ध बनाएको छ । बाढी पहिरोमा परी दिवङ्गत हुनुभएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु”, उनले भनेका छन् ।

सभामुख घिमिरेले विपद्मा परि घाइते हुनुभएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ताको खोजबिनका लागि विशेष ध्यान दिन स्थानीय प्रशासन र सुरक्षा निकायको ध्यानाकर्षणसमेत गराएका छन् ।

वर्षा भोलिसम्म जारी रहने पूर्वअनुमान रहेकाले आफ्नो गाउँघर र आसपासका क्षेत्रमा सम्भव सबै सुरक्षा अपनाउन अनुरोध गर्दै उहाँले नजिकै रहेका छिमेकीलाई मानवीय सहयोग आवश्यक परेको अवस्थामा सुरक्षा निकाय तथा सम्बन्धित स्थानीय तहलाई सूचना दिन र समन्वय गर्न अपिल गरेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ९ : ३४ बजे

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने