क्यानडाविरुद्ध बलिङ गर्दै नेपाल, देव र रिजनको डेब्यू | Khabarhub Khabarhub

क्यानडाविरुद्ध बलिङ गर्दै नेपाल, देव र रिजनको डेब्यू


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत क्यानडाविरुद्ध टस जितेको छ । नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् ।

ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने यो खेलमा क्यानडाले पहिला ब्याटिंग गर्ने भएको छ ।

यस्तै देव खनाल र बायाँ हाते तीव्र गतिका बलर रिजन ढकालले क्यानडाविरुद्ध टी–२० आई मा डेब्यू गरेका छन् । लिग–२ मा मौका नपाएका देव खनाल र रिजन ढकालले आज मौका पाएका हुन् ।

आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको सिरिज समाप्त भएपछि नेपाल, क्यानडा र ओमानले त्रिकोणात्मक टी–२० सिरिज आजदेखि खेल्न लागेका हुन् ।

यस सिरिजमा आइतबार नेपाल र ओमानबीच, सोमबार ओमान र क्यानडाबीच, मंगलबार नेपाल र क्यानडाबीच, बुधबार नेपाल र ओमानबीच तथा विहिबार क्यानडा र ओमानबीच खेल हुने छन् ।

क्यानले क्यानडा टूरमा रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोली क्यानडा पठाएको छ । नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् । त्यस्तै देव खनाललाई ट्राभलिङ रिजर्भमा रहेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १० : १५ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित